back
CTIZAN AD

क्यासिनो महाजोङ्गलाई सर्वोत्कृष्ट सम्मान

वि.सं.२०७५ असोज २६ शुक्रवार

504 

shares

२६ असोज, काठमाडौँ । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोङ्गले सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ ।
भारतका पर्यटनमन्त्री केजे अल्फोन्स र संसदीय कार्य व्यवस्थामन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै भारत, नयाँ दिल्लीमा भएको समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा महाप्रबन्धक अमूल्यविक्रम राणालाई उक्त सम्मान प्रदान गरिएको हो । पर्यटन तथा आतिथ्य उद्योगमध्ये सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त सम्मान प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटनसम्बन्धी वृत्तचित्र प्रस्तुत गरेको थियो ।
विसं २०६९ पुस १२ मा क्यासिनो महाजोङ्ग सोल्टी होटलको परिसरमा सञ्चालनमा आएको हो । क्यासिनो नियमावली २०७० बमोजिम रु २५ करोड चुक्ता शेयर पूँजी भएको महाजोङ्ग इन्टरटेन्मेण्ट प्रालि आफैँले क्यासिनो सञ्चालन इजाजत प्राप्त गरी २०७१ माघ २१ देखि सोल्टी होटलको परिसरमा क्यासिनो सञ्चालन गर्दै आइरहेको छ । सो क्यासिनोले स्थापनाकालदेखि नै हालसम्म बुझाउनुपर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको र कुनै पनि राजश्व रकम बुझाउन बाँकी नरहेको बताइएको छ । हालसम्म कम्पनीले रु २८ करोडभन्दा बढी राजश्व दाखिला गरिसकेको छ ।
सो क्यासिनोमा करार र दैनिक ज्यालादारीसमेत गरी हाल ६०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी र हजाराँैं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशतभन्दा बढी छ भने पर्यटकको बसाइ लम्व्याउन समेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।
क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडी हवाई मार्गबाट आउने हुँदा यसको योगदान होटल व्यवसायतर्फ मात्र नभई वायुसेवा व्यवसायतर्फ पनि उत्तिकै रहेको छ । गत आवमा करीब एक लाख जनाले सो क्यासिनोमा खेलेका थिए । आधुनिक सामग्रीको सुविधा प्रदान गरे आधुनिक तवरबाट मनोरञ्जन केन्द्र सञ्चालन गरी विदेशी मुद्रासमेत आर्जन गरेर राष्ट्र निर्माणमा टेवा पु¥याउनु यसको लक्ष्य रहेको छ ।

वि.सं.२०७५ असोज २६ शुक्रवार १५:०७ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...