८ कात्तिक, काठमाडौँ । पछिल्लो तीन महिनामा महिला हिंसा र घरेलु हिंसा सम्बन्धी ४५१ वटा उजुरी परेको राष्ट्रिय महिला आयोगले जनाएको छ ।
चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गते सम्ममा आयोगमा सिँधै र आयोगले सञ्चालन गरेको निःशुल्क सेवा ११४५ मार्फत ४५१ उजुरी परेको जनाएको छ ।
आयोगद्वारा यहाँ आज आयोजित अन्तत्र्रिmयामा आगोगका सचिव अनिलकुमार ठाकुरले पहिलेको तुलनामा पछिल्लो पटक आयोगमा महिला हिंसा सम्बन्धी उजुरी झन झन बढ्दै गएको बताए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव वुद्धिबहादुर खड्काले महिला हिंसा अन्त्यका लागि भएका ऐन÷कानूनको कडाइका साथ कार्यान्वयन गर्नुका साथै चेतना फैलाउनुपर्नेमा जोड दिए ।
नेपाल प्रहरी, महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक किरण रानाले दिन प्रतिदिन महिला हिंसाका घटना बढ्दै गएको बताउँदै महिला हिंसा अन्त्यका लागि पुरुषको पनि उत्तिकै हात हुने धारणा व्यक्त गरे ।
महिला अधिकारकर्मी रमा पराजुलीले बलात्कारका घटनामा सङ्लग्न दोषीलाई सरकारले कारवाही गर्न नसकेको आरोप लगाइन् ।
वि.सं.२०७५ कात्तिक ८ बिहीवार १८:५२ मा प्रकाशित






























