back
CTIZAN AD

घट्यो ऐस्वेस्टस रसायनको आयात

वि.सं.२०७३ कात्तिक ६ शनिवार

1.1K 

shares

६ कात्तिक, काठमाडौँ । ऐस्वेस्टस नामक हानिकारक रसायन नेपालमा आव २०७१÷०७२ मा २३ हजार मेट्रिक टन आयात गरिएको छ ।

सो रसायन आव २०७२÷०७३ मा १२ हजार मेट्रिक टन आयात गरिएको थियो । विभिन्न निर्माण सामग्रीका साथै इँटा र सिमेन्ट उद्योग, ढुङ्गा क्रसरमा तथा मोटरका पुर्जामा प्रयोग गरिने सो रसायनले अर्बुद जस्तो घातक रोग ल्याउने गर्छ ।

जनस्वास्थ्य तथा वातावरण केन्द्रले शुक्रबार सार्वजनिक गरेको ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य एवम् ऐस्वेस्टस राष्ट्रिय प्रोफाइल’ मा सो रसायन भारत, थाइल्यान्डलगायत मुलुकबाट आयात गरिँदै आएको जनाइएको छ ।

वातावरण मन्त्रालयका निमित्त सचिव नारायणराज तिमिल्सिनाले उक्त प्रोफाइल सार्वजनिक गर्दै ऐस्वेस्टस लगायत हानिकारक रसायनले मानव जनस्वास्थ्यमा नराम्रो असर गर्ने हुँदा त्यसको उपयोग घटाउन आग्रह गर्नुभयो ।

इन्जिनियर ऋषि शाहले गत वर्षको तुलनामा यसको आयात घटेकामा खुसी व्यक्त गर्दै अझै पनि यसको उपयोग न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक रामचरित साहले वातावरणमा प्रतिकूल असर पार्ने विभिन्न किसिमका रसायनको प्रयोग भइरहेकामा त्यसलाई नियन्त्रण गर्न र आयात रोक्नुपर्ने बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक ६ शनिवार ०२:३७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै...

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध...