back
CTIZAN AD

पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आग्रह

वि.सं.२०७३ कात्तिक ६ शनिवार

1K 

shares

६ कात्तिक, काठमाडौँ । प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता–२०७३’ को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

काउन्सिलद्वारा यहाँ शुक्रबार आयोजित पत्रकार आचारसंहिता–२०७३ माथि अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले छापामाध्यम, रेडियो, टेलिभिजन र अनलाइन मिडिया र पत्रकारका कतिपय कार्यशैली समेतलाई समेट्न र सम्बोधन गर्न ल्याइएको आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सबैसँग आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रचारप्रसारको आवश्यकता औँल्याउनुभयो । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर दवाडी र क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत लगायतले आचारसंहिता जारी गर्ने मात्र भन्दा पनि कार्यान्वयनमा जोड दिनुभयो ।

पत्रकारिता क्षेत्रमा भएको विकास र सो क्षेत्रमा देखापरेका विकृति–विसङ्गतिलाई सम्बोधन हुने गरी अन्तर्राष्ट्रिय अभ्यास, सञ्चारविज्ञलगायत सबैको सल्लाहमा काउन्सिलले पुरानो पत्रकार आचारसंहिता २०६० लाई संशोधन गरी गत असोजमा नयाँ आचारसंहिता २०७३ ल्याएको हो । आचारसंहिता २०७३ मा पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कुरालाई १५–१५ बुँदामा उल्लेख गरिएको छ ।

वि.सं.२०७३ कात्तिक ६ शनिवार ०२:३५ मा प्रकाशित

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...