Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आग्रह



६ कात्तिक, काठमाडौँ । प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता–२०७३’ को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

काउन्सिलद्वारा यहाँ शुक्रबार आयोजित पत्रकार आचारसंहिता–२०७३ माथि अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले छापामाध्यम, रेडियो, टेलिभिजन र अनलाइन मिडिया र पत्रकारका कतिपय कार्यशैली समेतलाई समेट्न र सम्बोधन गर्न ल्याइएको आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सबैसँग आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रचारप्रसारको आवश्यकता औँल्याउनुभयो । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर दवाडी र क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत लगायतले आचारसंहिता जारी गर्ने मात्र भन्दा पनि कार्यान्वयनमा जोड दिनुभयो ।

पत्रकारिता क्षेत्रमा भएको विकास र सो क्षेत्रमा देखापरेका विकृति–विसङ्गतिलाई सम्बोधन हुने गरी अन्तर्राष्ट्रिय अभ्यास, सञ्चारविज्ञलगायत सबैको सल्लाहमा काउन्सिलले पुरानो पत्रकार आचारसंहिता २०६० लाई संशोधन गरी गत असोजमा नयाँ आचारसंहिता २०७३ ल्याएको हो । आचारसंहिता २०७३ मा पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कुरालाई १५–१५ बुँदामा उल्लेख गरिएको छ ।


-->

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । असोज

वासिङ्टन । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई

पनामा सिटी । पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने