back
CTIZAN AD

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

वि.सं.२०८३ साउन १२ मंगलवार

168 

shares

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि थप आकर्षक प्याकेज र सुविधाहरूसहित ‘मनसुन अफर २०८३’ सञ्चालनमा ल्याएको छ । साउन १२ गतेदेखि लागू भएको यस अफरअन्तर्गत टेलिकमले पुराना लोकप्रिय प्याकेजहरूलाई निरन्तरता दिँदै केही नयाँ र परिमार्जित प्याकेजहरू थप गरेको हो ।

पोस्टपेड ग्राहकहरूका लागि टेलिकमले विशेष बजेट प्याकका रूपमा ‘पोस्टपेड ३७३’ र ‘पोस्टपेड ४९९’ उपलब्ध गराएको छ। ३० दिनको समयावधि रहने ३७३ रुपैयाँको प्याकमा ६ जीबी डाटा, ४०० मिनेट अल–नेट भ्वाइस कल र ५० वटा अल–नेट एसएमएस समावेश छ। त्यस्तै, ४९९ रुपैयाँको प्याकमा १० जीबी डाटा, ५०० मिनेट अल–नेट भ्वाइस कल र १०० वटा एसएमएस प्रयोग गर्न सकिनेछ।

उच्च डाटा र भ्वाइस प्रयोग गर्ने पोस्टपेड ग्राहकका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक २ जीबीका दरले मासिक ६० जीबी डाटा र २०० एसएमएस पाइनेछ। यसैगरी ७९९ रुपैयाँमा ३०० जीबी (दैनिक १० जीबी) र ९९९ रुपैयाँमा ४५० जीबी (दैनिक १५ जीबी) डाटासँगै अनलिमिटेड भ्वाइस सुविधा उपलब्ध छ। अझ धेरै डाटा खपत गर्नेहरूका लागि १,४९९ रुपैयाँमा ५०० जीबी डाटा र १,९९९ रुपैयाँको ‘एक्जिक्युटिभ प्याक’ अन्तर्गत अनलिमिटेड भ्वाइससँगै पूर्ण रूपमा अनलिमिटेड डाटा र ५०० एसएमएसको सुविधा समेटिएको छ।

प्रिपेड प्रयोगकर्ताका लागि टेलिकमले छोटा समयावधिका आकर्षक डाटा प्याक ल्याएको छ। जसअनुसार ९९ रुपैयाँमा १ दिनका लागि ८ जीबी र १९९ रुपैयाँमा ७ दिनका लागि २० जीबी डाटा प्याक उपलब्ध गराइएको छ। साथै, प्रिपेडमा सजिलो अनलिमिटेड प्याकअन्तर्गत ९९९ रुपैयाँमा मासिक ४५० जीबी (दैनिक १५ जीबी) र १,४९९ रुपैयाँमा ५०० जीबी डाटासहित अनलिमिटेड अल–नेट भ्वाइस सुविधा लिन सकिनेछ।

स्वतः नवीकरण हुने नमस्ते रिकरिङ सब्स्क्रिप्सन प्याकेजमा अब नयाँ ६९९ रुपैयाँको प्याक थप गरिएको छ भने कर्पोरेट युजर ग्रुप (ऋग्न्) ग्राहकका लागि पनि परिमार्जित आकर्षक प्याकेजहरू बनाइएको छ। यसबाहेक, साउन १५ गतेदेखि लागू हुने गरी नमस्ते क्रेडिट (सापटी) सेवामा परिमार्जन गरी सापटी रकम ३० रुपैयाँ बनाइएको छ। उक्त सापटी रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका जुनसुकै भ्वाइस, डाटा वा एसएमएस प्याकेजहरू खरिद गर्न सकिनेछ। प्रिपेड ग्राहकहरूले आफ्नो मोबाइलबाट ८१४७७३ डायल गरेर वा ‘नेपाल टेलिकम’ एपमार्फत यो सापटी सुविधा लिन सक्नेछन्।

ग्राहकहरूले आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरेर, नेपाल टेलिकमको आधिकारिक एप प्रयोग गरेर वा कम्पनीको वेबसाइट (www.ntc.net.np) मार्फत मनसुन अफरका प्याकेजहरूबारे विस्तृत जानकारी लिन र सेवाहरू सजिलै खरिद गर्न सक्नेछन्।

वि.सं.२०८३ साउन १२ मंगलवार १३:४१ मा प्रकाशित

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...