back

विद्यालयमा बम विस्फोट गराउँदै हिड्ने दाहाल र थापा पक्राउ

वि.सं.२०७३ कात्तिक ६ शनिवार

432 

shares
GLOBAL IME AD
NTC AD

६ कात्तिक, काठमाडौँ । गत असोज ४ गते काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयमा बम विस्फोट गराउने समूहका थप दुई जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार पत्रकार समम्ेलनमार्फत सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले माओवादी कम्युनिस्ट केन्द्रका महासचिव प्रकाश भनिने केशव दाहाल र सो पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्रका अध्यक्ष मीन देवकोटा भनिने विनोद थापा पक्राउ गरिएको जानकारी दिनुभयो ।

दोलखा खोपाचाँगु गाविसका दाहाल र काभ्रे देउपुर गाविसका थापालाई बुधबार भक्तपुरको नलिनचोकबाट पक्राउ गरिएको हो । राजनीतिक दलका आवरणमा धम्काउने र चन्दा उठाउने उद्देश्यले सो समूहले बम विस्फोट गराएको आयुक्त थापाले बताउनुभयो ।

प्रहरीले यसअघि घटना भएकै दिन रामेछाप दिमीपोखरीका शङ्कर लाखे र सिन्धुली लाम्पाङ्टारका चन्द्रबहादुर तामाङलाई तथा घटनामा संलग्न विष्णुप्रसाद पौडेल र मुस्ताकिम अन्सारीलाई केही दिनअघि पक्राउ गरेको थियो । घटनामा संलग्न सो समूहका अध्यक्ष देवेन्द्रसिंह महता, कोषाध्यक्ष जानु श्रेष्ठसहित चार जना अझै फरार रहेको जनाइएको छ ।

सो समूहले असोज ४ गते बिहान करिब ४ बजे बौद्धको आकाशदीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सिलिन्डर बम विस्फोट गराएको थियो ।

त्यसैगरी नारायणटारका एम्बेस्डर स्कुल, इस्टपोल स्कुल र राई स्कुल, बौद्धको बालसञ्चार, डल्लुको कञ्चनजङ्घा र सानेपाको रेडियन्ट एकेडेमीमा पनि सो समूहले शङ्कास्पद वस्तु राखेकामा केही स्थानको बम निस्क्रिय गरिएको थियो भने केही ठाउँमा नक्कली बम रहेको खुलेको थियो ।

सो समूहले यसअघि साउन ६ गते काठमाडौँको डल्लुमा आइडियल मोडेल स्कुलको भ्यानमा आगजनी गरेको थियो । सो पार्टी तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा सहभागी हुनुअघि हतियारसहित भागेका लडाकुले गठन गरेको भेटिएको आयुक्त थापाले जानकारी दिनुभयो ।

दलका आवरणमा विभिन्न आपराधिक गतिविधि गर्दै आएको सो समूहले विसं २०६९ मा सरकारसँग वार्तासमेत गरेको र विसं २०७१ मा आनन्दप्रसाद ढुङ्गानाको नेतृत्वमा नेपालगन्जमा सरकारलाई हतियार बुझाएको प्रहरीले जनाएको छ ।

विसं २०७१ असारमा कलङ्कीमा मनबहादुर चदराको यार्सागुम्बा लुट्ने कार्यमा संलग्न रहेको अभियोगमा सो पार्टीका अध्यक्ष महता र महासचिव केशव दाहालसहित चार जनालाई महानगरीय प्रहरी परिसर, काठमाडौँबाट चोरी मुद्दा लगाइएको खुलेकोे छ ।

वि.सं.२०७३ कात्तिक ६ शनिवार ०२:३९ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...