back
CTIZAN AD

विद्यालयमा बम विस्फोट गराउँदै हिड्ने दाहाल र थापा पक्राउ

वि.सं.२०७३ कात्तिक ६ शनिवार

783 

shares

६ कात्तिक, काठमाडौँ । गत असोज ४ गते काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयमा बम विस्फोट गराउने समूहका थप दुई जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार पत्रकार समम्ेलनमार्फत सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले माओवादी कम्युनिस्ट केन्द्रका महासचिव प्रकाश भनिने केशव दाहाल र सो पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्रका अध्यक्ष मीन देवकोटा भनिने विनोद थापा पक्राउ गरिएको जानकारी दिनुभयो ।

दोलखा खोपाचाँगु गाविसका दाहाल र काभ्रे देउपुर गाविसका थापालाई बुधबार भक्तपुरको नलिनचोकबाट पक्राउ गरिएको हो । राजनीतिक दलका आवरणमा धम्काउने र चन्दा उठाउने उद्देश्यले सो समूहले बम विस्फोट गराएको आयुक्त थापाले बताउनुभयो ।

प्रहरीले यसअघि घटना भएकै दिन रामेछाप दिमीपोखरीका शङ्कर लाखे र सिन्धुली लाम्पाङ्टारका चन्द्रबहादुर तामाङलाई तथा घटनामा संलग्न विष्णुप्रसाद पौडेल र मुस्ताकिम अन्सारीलाई केही दिनअघि पक्राउ गरेको थियो । घटनामा संलग्न सो समूहका अध्यक्ष देवेन्द्रसिंह महता, कोषाध्यक्ष जानु श्रेष्ठसहित चार जना अझै फरार रहेको जनाइएको छ ।

सो समूहले असोज ४ गते बिहान करिब ४ बजे बौद्धको आकाशदीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सिलिन्डर बम विस्फोट गराएको थियो ।

त्यसैगरी नारायणटारका एम्बेस्डर स्कुल, इस्टपोल स्कुल र राई स्कुल, बौद्धको बालसञ्चार, डल्लुको कञ्चनजङ्घा र सानेपाको रेडियन्ट एकेडेमीमा पनि सो समूहले शङ्कास्पद वस्तु राखेकामा केही स्थानको बम निस्क्रिय गरिएको थियो भने केही ठाउँमा नक्कली बम रहेको खुलेको थियो ।

सो समूहले यसअघि साउन ६ गते काठमाडौँको डल्लुमा आइडियल मोडेल स्कुलको भ्यानमा आगजनी गरेको थियो । सो पार्टी तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा सहभागी हुनुअघि हतियारसहित भागेका लडाकुले गठन गरेको भेटिएको आयुक्त थापाले जानकारी दिनुभयो ।

दलका आवरणमा विभिन्न आपराधिक गतिविधि गर्दै आएको सो समूहले विसं २०६९ मा सरकारसँग वार्तासमेत गरेको र विसं २०७१ मा आनन्दप्रसाद ढुङ्गानाको नेतृत्वमा नेपालगन्जमा सरकारलाई हतियार बुझाएको प्रहरीले जनाएको छ ।

विसं २०७१ असारमा कलङ्कीमा मनबहादुर चदराको यार्सागुम्बा लुट्ने कार्यमा संलग्न रहेको अभियोगमा सो पार्टीका अध्यक्ष महता र महासचिव केशव दाहालसहित चार जनालाई महानगरीय प्रहरी परिसर, काठमाडौँबाट चोरी मुद्दा लगाइएको खुलेकोे छ ।

वि.सं.२०७३ कात्तिक ६ शनिवार ०२:३९ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...