back
CTIZAN AD

विदेश जाने सपना देख्ने युवालाई देशको सपना देख्न उपराष्ट्रपति पुनको आग्रह

वि.सं.२०७३ कात्तिक ६ शनिवार

954 

shares

pun

६ कात्तिक, भक्तपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले विदेश जाने सपना देख्ने युवालाई देशको सपना देख्न आग्रह गर्नुभएको छ ।

क्वेस्ट नेपालले सैनिक आवासीय महाविद्यालयमा शुक्रबारबाट सुरु गरेको विद्यालय पाठ्यक्रममा आधारित विद्यार्थी गुणीय चक्र (एसक्युसी)को १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले देशमा प्रशस्तै सम्भावना रहेकाले यसको सही सदुपयोग गर्नसके यही माटोमा हिरा, मोती, सुन, चाँदी फलाउन सकिन्छ भन्ने सोचको विकास हुनु अहिलेको आवश्यकता हो भन्नुभयो ।

उपराष्ट्रपति पुनले शिक्षित युवाले स्वदेशमै रोजगारी प्राप्त गर्न नसकेका कारण शिक्षित युवा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा कामका लागि जान बाध्य हुनु दुर्भाग्य भएको बताउनुभयो ।

जनतालाई प्रत्यक्ष अनुभूत हुनेगरी आर्थिक र सामाजिक रुपान्तरणसहितको समुन्नत राष्ट्र निर्माणमा मुलुक अगाडि बढेको बताउँदै उपराष्ट्रपति पुनले दक्ष, शिक्षित, अनुशाशित तथा असल जनशक्तिले मात्र सभ्य र समृद्ध समाज निर्माण हुने चर्चा गर्नुभयो ।

सो अवसरमा प्रा दिनेशप्रसाद चापागाईंले बालबालिकालाई असल र चलाख बनाउने गुण विद्यार्थी गुणीय चक्रमा रहेको चर्चा गर्दै यसले बालबालिकामा बुद्धि र विवेक दुवै दिने दाबी गर्नुभयो ।

कार्यक्रममा क्वेस्ट नेपालका अध्यक्ष निराजन अधिकारीले अहिले यस माध्यममा देशभर ५० हजार विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिदै देशभरका विद्यालयमा विद्यार्थी गुणीय चक्र लागू गर्नसके शिक्षाको गुणस्तरमा अझै वृद्धि हुने धारणा राख्नुभयो ।

सम्मेलनमा झापा, जनकपुर, बारा, रुपन्देही, पाल्पा, धनगढी, सुर्खेत, चितवन, काभ्रे, काठमाडौँ, भक्तपुर र ललितपुरका ५५ वटा विद्यालयबाट ७०० जना विद्यार्थी, २०० जना पर्यवेक्षक, शिक्षक, शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविद् गरी एक हजार १०० जनाको सहभागिता रहेको क्वेस्ट नेपालका वरिष्ठ उपाध्यक्ष राजकुमार महर्जनले जानकारी दिनुभयो ।

सहभागी विद्यार्थीले आपूmले समाधान गरेका मनोसामाजिक समस्या तथा अन्य समस्याका बारेमा घटना अध्ययनका अनुभव प्रस्तुत गर्ने जानकारी दिइयो ।

कार्यक्रममा सैनिक आवासीय महाविद्यालयका प्रिन्सिपल क्वेस्ट नेपालका कार्यकारी सदस्य समीम अकबर समिमले विद्यार्थी गुणीय चक्र अर्थात् यो विधि अहिले विश्वका ३५ देशमा प्रयोग भएको र नेपालमा भक्तपुर, काठमाडौँ, रुपन्देही र पाल्पा लगायतका १५ जिल्लाका विद्यार्थीले अध्ययन गरिरहेको बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक ६ शनिवार ०२:४४ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...