Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

महाअभियोगबारे काँग्रेसभित्र चर्कियो विवाद



congresh-flag

६ कात्तिक, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगबारे नेपाली काँग्रेसभित्र पक्ष र विपक्षमा बहस चर्किएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यले महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रभाव पार्ने विषय भएकाले विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव राखेका छन् ।

केही केन्द्रीय सदस्यले महाअभियोगका प्रस्ताव व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलसँग कुनै सरसल्लाह नगरी आएकामा आक्रोस पोखेका छन् । धेरैले महाअभियोगका पक्षमा पार्टी उभिनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा १७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । यिमध्ये अधिकांशको मत महाअभियोगका पक्षमा रहेको बुझिएको छ । बैठकमा कार्कीका सन्दर्भमा केहीले मध्यमार्गी धारणा राखेका छन् तर सर्वोच्च अदालतमा समेत विचाराधीन मुद्दा रहेकाले बाहिर हल्ला गरेर अलमलिनुभन्दा महाअभियोग पारित गराउने पक्षमा निर्णय गर्दा पार्टीका लागि उचित हुने तर्क आएको छ ।

बैठकमा बोल्ने अधिकांशले कार्कीको विषय अदालतमा भएकाले अरु दलको पछि लागेर बाहिर हल्ला नगरी पार्टीले निर्णय लिनुपर्ने धारणा राखेको केन्द्रीय सदस्य प्रदीप पौडेलले राससलाई जानकारी दिनुभयो ।

उहाँले लोकमानसँगको मात्र विषय नभई यसको प्रभाव राष्ट्रिय रुपमै हुने भएकाले यसको पक्ष र विपक्षमा जाँदा राजनीतिक ध्रुवीकरण आउनसक्ने खतरा औँल्याउँदै सहमतिमा टुङ्ग्याइनुपर्नेमा जोड दिनुभयो ।

अर्का केन्द्रीय सदस्य कमला पन्तले संसद्को ठूलो दल काँग्रेससँग छलफलै नगरी एमाले र माओवादीले महाअभियोग प्रस्ताव ल्याएकाले यसबारे उनीहरुसँग धारणा मागी निर्णय लिनुपर्ने बताउनुभयो ।

यता उद्योगमन्त्री समेत रहनुभएका काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जारी बैठकमा कार्कीका विषयमा धेरै छलफल नभएको बरु पार्टीलाई कसरी एकरुपता गरेर लैजाने भन्नेमा बढी केन्द्रित रहेको बताउनुभयो ।

उहाँले संविधान संशोधनको विषय सबैको सहमतिमा हुनुपर्ने र त्यसका लागि स्पष्ट खाका तय गरेर जानुपर्नेबारे केन्द्रीय समितिमा कुरा उठेको जानकारी दिनुभयो । प्रदेश सिमाङ्कनबारे स्पष्ट धारणा बनाउनुपर्ने र स्थानीय निकायको निर्वाचन हुनैपर्ने भन्नेबारे पनि कुरा उठेको मन्त्री जोशीले बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा  केन्द्रीय सदस्य प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, डा शेखर कोइराला, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, कमला पन्त, रत्न शेरचन, जीवन परियार, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र किरण यादवले आआफ्नो धारणा राख्नुभएको थियो ।

केन्द्रीय समितिको अर्को बैठक कात्तिक ८ गते सोमबार बिहान ८ः०० बजे पुनःबस्ने काँग्रेसले जनाएको छ ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन