back
CTIZAN AD

महाअभियोगबारे काँग्रेसभित्र चर्कियो विवाद

वि.सं.२०७३ कात्तिक ६ शनिवार

855 

shares

congresh-flag

६ कात्तिक, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगबारे नेपाली काँग्रेसभित्र पक्ष र विपक्षमा बहस चर्किएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यले महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रभाव पार्ने विषय भएकाले विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव राखेका छन् ।

केही केन्द्रीय सदस्यले महाअभियोगका प्रस्ताव व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलसँग कुनै सरसल्लाह नगरी आएकामा आक्रोस पोखेका छन् । धेरैले महाअभियोगका पक्षमा पार्टी उभिनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा १७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । यिमध्ये अधिकांशको मत महाअभियोगका पक्षमा रहेको बुझिएको छ । बैठकमा कार्कीका सन्दर्भमा केहीले मध्यमार्गी धारणा राखेका छन् तर सर्वोच्च अदालतमा समेत विचाराधीन मुद्दा रहेकाले बाहिर हल्ला गरेर अलमलिनुभन्दा महाअभियोग पारित गराउने पक्षमा निर्णय गर्दा पार्टीका लागि उचित हुने तर्क आएको छ ।

बैठकमा बोल्ने अधिकांशले कार्कीको विषय अदालतमा भएकाले अरु दलको पछि लागेर बाहिर हल्ला नगरी पार्टीले निर्णय लिनुपर्ने धारणा राखेको केन्द्रीय सदस्य प्रदीप पौडेलले राससलाई जानकारी दिनुभयो ।

उहाँले लोकमानसँगको मात्र विषय नभई यसको प्रभाव राष्ट्रिय रुपमै हुने भएकाले यसको पक्ष र विपक्षमा जाँदा राजनीतिक ध्रुवीकरण आउनसक्ने खतरा औँल्याउँदै सहमतिमा टुङ्ग्याइनुपर्नेमा जोड दिनुभयो ।

अर्का केन्द्रीय सदस्य कमला पन्तले संसद्को ठूलो दल काँग्रेससँग छलफलै नगरी एमाले र माओवादीले महाअभियोग प्रस्ताव ल्याएकाले यसबारे उनीहरुसँग धारणा मागी निर्णय लिनुपर्ने बताउनुभयो ।

यता उद्योगमन्त्री समेत रहनुभएका काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जारी बैठकमा कार्कीका विषयमा धेरै छलफल नभएको बरु पार्टीलाई कसरी एकरुपता गरेर लैजाने भन्नेमा बढी केन्द्रित रहेको बताउनुभयो ।

उहाँले संविधान संशोधनको विषय सबैको सहमतिमा हुनुपर्ने र त्यसका लागि स्पष्ट खाका तय गरेर जानुपर्नेबारे केन्द्रीय समितिमा कुरा उठेको जानकारी दिनुभयो । प्रदेश सिमाङ्कनबारे स्पष्ट धारणा बनाउनुपर्ने र स्थानीय निकायको निर्वाचन हुनैपर्ने भन्नेबारे पनि कुरा उठेको मन्त्री जोशीले बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा  केन्द्रीय सदस्य प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, डा शेखर कोइराला, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, कमला पन्त, रत्न शेरचन, जीवन परियार, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र किरण यादवले आआफ्नो धारणा राख्नुभएको थियो ।

केन्द्रीय समितिको अर्को बैठक कात्तिक ८ गते सोमबार बिहान ८ः०० बजे पुनःबस्ने काँग्रेसले जनाएको छ ।

वि.सं.२०७३ कात्तिक ६ शनिवार ०२:४७ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...