back
CTIZAN AD

रिसाउँन थाले भीरमौरी

वि.सं.२०७५ कात्तिक ११ आइतवार

615 

shares

११ कात्तिक, लमजुङ । पारिपट्टि छांगाछुर भीरमा गाउँले मह काढ्दै थिए । वारी पट्टि हेर्नेको भीड । एक्कासी भीरमौरी आएर चिल्न थाल्छ, हेर्नेहरुको भागाभाग हुन्छ ।
स्याँगे झरना नजिकै छोवली भीरमा शुक्रबार मह काढ्न जम्मा भएका मिप्रा गाउँका ६० घरका स्थानीयलाई मौरीले लखट्यो । २५ वर्षदेखि मह काढ्दै आएका ५५ वर्षीय डिल बहादुर गुरुङलाई हिजो आज अचम्म लाग्छ । ‘हाम्रो बानी बिग्रेकाले रिसाएका होलान्,’ उनले भने, ‘आजकल जथाभावि मह काढ्न थालिएको छ । आधुनिक औजार प्रयोग गरिएको छ । भीरमै गएर घनछिनोले कोपेर जाने बाटो बनाइएको छ ।’
सिकारी सादा पोसाकमै गएर मह काढ्थे हिजो आज बाक्लो लुगा, पन्जा र अनुहार ढाकिने जादी लगाउदा पनि टोक्ने गरेको छ । ‘अचेल किन हो कुन्नी मह काढ्न थालेपछि मौरीले लखेटेर हैरान पार्छ,’ मस्र्याङ्दी गाउँपालिदका ४ ताघ्रिङ मिप्राकी चन्द्रकुमारी गुरुङले भनिन्, ‘पहिले पहिले यस्तो गर्थेन् ।’ आजको कान्तिपुर दैनिकबाट

वि.सं.२०७५ कात्तिक ११ आइतवार ०८:४८ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...