
११ कात्तिक, काठमाडौँ । चालू आर्थिक वर्षको प्रथम तीन महिनामा नेपाललाई तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ व्यापार घाटा भएको छ । यो घाटा गत आवको यसै अवधिको तुलनामा ४६ प्रतिशत बढी हो। गत आवको यसै अवधि (साउन–असोज)मा दुई खर्ब ३९ अर्ब ७५ करोड व्यापार घाटा भएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार व्यापार घाटा चुलिँदै जानुमा इन्धन आयात दरवृद्धि प्रमुख कारण हो । यस अवधिमा ५६ अर्ब ६८ करोड रुपैयाँको इन्धनमात्रै आयात भएको छ । यसपछि दोस्रोमा आइरन र स्टिलले पनि व्यापारघाटा चुलिँदै जानुमा भूमिका खेलेको छ ।
तीन महिनामा आइरन र स्टिल गरी ४० अर्ब तीन करोडको आयात भएको छ । यसपछि सवारीसाधन, मेसिनरी उपकरण तथा सामग्री, विद्युतीय सामग्री तथा उपकरणले व्यापार घाटाको ठूलो हिस्सा ओगटेको छ । अन्नपुर्ण पोष्टमा खबर छ ।
वि.सं.२०७५ कात्तिक ११ आइतवार ०८:५७ मा प्रकाशित