back
CTIZAN AD

बजार पूँजीकरणका आधारमा यो साता पनि टेलिकम नै शीर्ष स्थानमा

वि.सं.२०७५ कात्तिक ११ आइतवार

600 

shares

nepali cricket

११ कात्तिक, काठमाडौं । बजार पूँजीकरणका आधारमा लगातार शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकम यस साता पनि एक नम्बरमा रहन सफल भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको साताका उत्कृष्ट दश कम्पनीमध्ये टेलिकम शीर्ष स्थानमा रहेको हो । बजार पूँजीकरण मूल्यका आधारमा टेलिकमको हिस्सा रु एक खर्ब १७ अर्बको रहेको छ ।

यस्तै दोस्रो नम्बरमा नविल बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण रु ७६ अर्ब ८४ करोड ९० लाख ४० हजार रहेको छ । सामान्यता उक्त बैंक पनि शीर्षमध्ये दोस्रो स्थानमा नै रहँदै आएको छ ।

स्टकका अनुसार तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण मूल्य रु ६८ अर्ब ३२ करोड ७९ लाख ८० हजार रहेको छ । यस्तै चोथो स्थानमा स्ट्याण्डर्ड चार्डड बैंक छ । सो बैंकको रु ५६ अर्ब ८० करोड १० हजार बराबरको बजार पूँजी छ ।

पाँचौँ स्थानमा एभरेष्ट बैंक रहेको छ । सो बैंकको रु ५१ अर्ब १३ करोड ११ लाख २० हजार, छैटौँ स्थानमा रहेको हिमालयन बैंकको रु ४४ अर्ब ७० करोड ९२ लाख ४० हजार, सातौँ स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४१ अर्ब छ करोड ७३ लाख १० हजार बजार पूँजी रहेको छ ।

त्यस्तै आठौँ स्थानमा नेपाल एसबिआइ बैंकको रु ३९ अर्ब ९९ करोड ३१ लाख २० हजार, नवौँ स्थानमा रहेको एनआइसी एशिया बैंकको रु ३५ अर्ब ७३ करोड ८४ लाख ७० हजार र दशौँ स्थानमा रहेको एनएमबी बैंकको रु ३१ अर्ब चार करोड तीन लाख बराबरको बजार पूँजी रहेको छ ।

यस साता शेयर सङ्ख्याका आधारमा कालिका पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको दुई हजार १७ कित्ता शेयर कारोबार भए । यस्तै पञ्चकन्या माई हाइड्रोको एक हजार २९७, प्रभु बैंकको एक हजार १५९, नाडेप लघुवित्त वित्तीय संस्थाको ७८८, मेघा बैंकको ५१२, एनआइसी एशिया बैंकको ५०७, एनएमबी बैंकको ३७७, सिद्धार्थ बैंकको ३५४, जनता बैंकको ३४७ र कुमारी बैंकको ३३७ कित्ता शेयर कारोबार भएका थिए ।

यस्तै कारोबार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रह्यो । भने क्रमशः कुमारी, मेघा, एनआइसी एशिया, जनता, सिभिल, माछापुच्छ«े, एनएमबी, सिद्धार्थ र सेञ्चुरी कर्मसियल बैंकको शेयर कारोवार भए ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार ०९:१३ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...