back

कडा शर्तसहित अन्तर्राष्ट्रिय मुद्रा कोष अर्जेन्टिनालाई थप कर्जा दिन सहमत

वि.सं.२०७५ कात्तिक ११ आइतवार

321 

shares
GLOBAL IME AD
NTC AD

११ कात्तिक, वासिङ्टन । आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।
आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको सङ्कटलाई सम्बोधन गर्नका लागि ५.७ अर्ब तत्काल उपलब्ध गराएको तर यसको प्रयोगका लागि भने कडा शर्त अघि सारिएको जनाएको छ ।
अन्तराष्ट्रिय मुद्रा कोषले दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनालाई यही बर्षको जुन महिनामा ५० अर्ब कर्जा उपलब्ध गराउने सहमति जनाएको थियो । जसमध्ये १५ अर्ब डलर फिर्ता भइसकेको छ ।
राजनीतिक अस्थिरताका कारण पछिल्ला केही बर्षमा अर्जेन्टिनाले आर्थिक सङ्कटको सामना गर्दै आएको छ । ब्युनर्स आयर्सको तीब्र खर्चका कारण उसले थप आर्थिक सहयोगको अपेक्षासहित दातासँग पुनः हात फैलाउनु परेको हो ।
सबैभन्दा पछिल्लो किस्तासँगै अन्तर्राष्ट्रिय मुद्रा कोषले राष्ट्रपति माउरिसियो म्याक्रीको सरकारलाई यसबर्ष २० अर्ब डलर रकम निकाशा गरिसकेको छ । “चुनौतिपूर्ण वातावरणका बाबजुद सरकारले सक्रियताकासाथ आफ्नो नीति तथा कार्यक्रमलाई मजबुत बनाएको छ,” अन्तराष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिष्टिन लागार्डले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन् ।
आर्थिक सङ्कटका कारण निम्तिएको समस्याले गत अप्रिलदेखि अर्जेन्टिनी मुद्राको मूल्य अमेरिकी डलरसँग नियमित तथा तीब्ररूपमा खस्किँदो अवस्थामा रहेको छ । अर्जेन्टिनामा राजनीतिक अस्थिरतासँगै यस बर्ष देखिएको खडेरीका कारण यहाँको अर्थतन्त्रमा व्यापक गिरावट आएको हो ।
अर्जेन्टिनी मुद्रा पेसोको मुल्यमा यस बर्षको शुरूदेखि निरन्तर कमी आएकोे छ । पेसोको मूल्य अमेरिकी डलरसँग बर्षको शुरूको तुलनामा ५० प्रतिशतले कमी आएको छ । राष्ट्रपति म्याक्रीले अगस्टमा कर्जा बिषयमा आइएमएफसँग पुनः वार्ता गर्न खोजेको घोषणासँगै दुई दिनको समयमा नै अमेरिकी डलरसँग पेसोको मूल्य करिब २० प्रतिशतले घटेको थियो ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार ०९:४९ मा प्रकाशित

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनीको पनि रिहाई

गाजा सिटी । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी...

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाइ

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को...

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको...