back
CTIZAN AD

जीवन विकास समाजले प्राप्त गर्यो तीन करोडको पुरस्कार

वि.सं.२०७५ कात्तिक ११ आइतवार

684 

shares

११ कात्तिक, काठमाडौँ । ‘दी अरब गल्फ प्रोग्राम फर डेभलमेन्ट इन्टरनेशनल प्राइज २०१७ ’नामक अन्तराष्ट्रिय पुरस्कार नेपालले प्राप्त गर्न सफल भएको छ ।

दिगो विकासका लक्ष्यमध्ये चौथो लक्ष्य पूरा गर्न उल्लेखनीय योगदान दिएबापत जीवन विकास समाज मोरङले प्राप्त गरेको सो पुरस्कारको राशि तीन करोड रुपैया (तीन लाख डलर) रहेको छ ।
चौथो लक्ष्यमा गुणस्तरीय शिक्षामा पहुँच भन्ने रहेको छ । सो पुरस्कारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यहाँस्थित राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सो समाजलाई सिफारिश गरेको थियो । दी अरब गल्फ प्रोग्राम फर डेभलमेन्ट (एगफण्ड) को केन्द्रीय कार्यालय साउदी अरबको रियादमा छ । सन् १९८० मा स्थापना सो एगफण्डमा ‘गल्फ कोअपरेशन काउन्सिल’ का ६ देश सदस्य छन् ।

सो पुरस्कारका लागि ७६ देशका प्रतिस्पर्धीलाई जीवन विकास समाजले उछिन्दै सो पुरस्कार प्राप्त गर्न सफल भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । समाजले पिछडिएका र अति विपन्न समुदायका बालबालिकालाई लक्षित गरी सुविधा सम्पन्न विद्यालय सञ्चालन, नमूना बालशिक्षा, सामुदायिक विद्यालयमा किशोरी कार्यक्रमलगायत कार्यक्रम तराई मधेशका विभिन्न जिल्लामा सञ्चालन गरिरहेको छ ।

विसं २०५४ मा स्थापना भएको समाजले सिन्धुली, उदयपुर, सुनसरी, धनकुटा, इलाम, मोरङ, र झापा कार्यक्षेत्र बनाई शिक्षा, स्वास्थ्य, कृषि, वैकल्पिक ऊर्जा र आवास लघुवित्तजस्ता सामाजिक कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा समाजका अध्यक्ष योगेन्द्र मण्डलले प्राप्त पुरस्कार समाजसेवामा लगाउने जानकारी दिनुभयो । स्पेनकी महारानी सोफिया तथा साउदीका राजकुमार तलाल विन अजिजले जेनेभामा हालै आयोजित कार्यक्रममा समाजका अध्यक्ष मण्डललाई सो पुरस्कार प्रदान गरेका थिए ।

६ करोडको अक्षयकोष स्थापना

समाजले प्राप्त पुरस्कारमा सोही बराबरको रकम थप गरी रु ६ करोडको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । कोषबाट प्राप्त रकम सामाजिक विकासका विविध क्षेत्रमा खर्च गरिने उनले जानकारी दिए ।

समाजले हाल सात जिल्लाका ७५ वटा शाखामार्फत दुई लाख विपन्न परिवारलाई लघुवित्तसाथै शिक्षा, स्वास्थ्य, कृषि, आवासलगायत क्षेत्रमा सहयोग गरिराखेको छ । समाजले मोरङको धनपाल गाउँपालिकामा सञ्चालित जीवन विकास पब्लिक विद्यालय अहिले सो क्षेत्रको शैक्षिक स्तर माथि उकास्न कोशेढुङ्गा साबित भएको छ ।

अध्यक्ष मण्डलले भने, “विद्यालयमा हाल एक हजार २०० बालबालिका अध्ययन गर्दछन् । गरीब तथा विपन्न समुदायका लागि विद्यालय शुल्क लिइदैन ।” समाजले सामुदायिक विद्यालयको स्तरमाथि उकास्न व्यवस्थापकीय क्षेत्रमा समेत सहयोग गरिराखेको उनले जानकारी दिए ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार १६:३९ मा प्रकाशित

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...