back
CTIZAN AD

नेपालद्वारा पाकिस्तान फराकिलो अन्तरले पराजित

वि.सं.२०७५ कात्तिक ११ आइतवार

591 

shares

११ कात्तिक,काठमाडौँ  । एएफसी १९ वर्षमुनिको (यू–१९) महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूहको आज भएको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
थाइल्याण्डको चोनबुरी रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो । खेल शुरुआतको दुई मिनेटमा नेपालकी मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै खाता खोलिन् । खेलको पहिलो हाफको ३२औँ मिनेटमा सम्झना लावतीले दोस्रो र अलिसा जिम्बाले ३७ औँ मिनेटमा एक गोल थपिन् ।
खेलको पहिलो हाफसम्म ३–० गोलअन्तरले अगाडि रहेको नेपालले दोस्रो हाफमा ६ गोल थप्यो । खेलको ४८ औँ मिनेटमा पूजा रानाले हेडमार्फत गोल गरिन् भने त्यसको केही समयमा नै उनले पुनः अर्को गोल थपिन् । निशा थोकरले खेलको दोस्रो हाफमा ह्याट्रिक पूरा गरिन् । उनले खेलको ५७, ७४ र ८५औँ मिनेटमा तीन गोल गरेकी थिइन् । कप्तान सरु लिम्बूले ८९ औँ मिनेटमा थप एक गोल गरेपछि नेपालले पाकिस्तानमाथि ९–० को सहज जीत हात पारेको थियो ।
आजै भएको समूहको अर्को अन्तिम खेलमा थाइल्याण्डले भारतलाई पराजित गरेमा नेपाल समूहको दोस्रो स्थानमा रहेर अन्तिम चरणमा छनोट हुनेछ । अहिलेसम्म थाइल्याण्ड ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा तथा समान अङ्क जोडेको नेपाल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छन् । नेपालले समूह चरणको सबै खेल खेलिसकेको छ । छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार १९:५९ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...