
१४ कात्तिक, काठमाडौं । गण्डकी सहित तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । ‘चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृति दिइसकेको छ । प्रदेश सरकारले गाईपालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चिनसँग सम्झौता गर्न पत्राचार गरिसकेको छ । बैदेशिक सहयोग भित्राउन संघ सरकारबाट अनिवार्य स्वीकृति लिनुपर्ने संबैधानिक व्यवस्था छ ।
गण्डकीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले दूध तथा दूग्धजन्य पदार्थको ‘हब’ बनाएर प्रदेशलाई आत्मनिर्भर बनाउने योजना अनुसार मोडेल फार्म सञ्चालन गर्न लागिएको जनाए । फार्म प्रदेश दुग्ध विकास बोर्ड गठनका लागि बनाएको विधेयक प्रदेशसभाबाट पारित भइसकेको पनि आजको कान्तिपुर दैनिकमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक १४ बुधवार ०८:३२ मा प्रकाशित






























