
१४ कात्तिक, काठमाडौँ । काभ्रको विकट डाँडापारि क्षेत्रका बासिन्दाको एकै माग छ, सरकार हामीलाई केहि चाहिदैँन, डाक्टर सहितको अस्पताल बनाईदेउ । समयमै स्वास्थ्य उपचार नपाउँदा गाउँले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतामा छन् ।
अझै सहजै सुचना, सञ्चार, शिक्षा, स्वास्थ्यको राम्रो पहुँच पुग्न नसकेको कारण अधिकांश सरकारी सेवाबाट बन्चित छन् । डाँडापारिमा साधरण उपचारको व्यवस्थासमेत नहुँदा कैयौंको अकालमै मृत्यु भएको छ ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छामान तामाङले भने, ‘वार्षिक १० जनाभन्दा बढी समयमै उपचार नपाएर मर्ने गरेका छन् ।’ अधिकांश बालबालिका र वृद्धले अनाहकमा ज्यान गमाउनुपरेको छ भने झाडापखाला, दुर्घटना, सुत्केरी लगायतका कारण ज्यान गुमाएका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक १४ बुधवार ०८:३६ मा प्रकाशित






























