back

नेपाल र दक्षिण कोरियाले साना तथा मझौला उद्योगको क्षेत्रमा सहकार्य गर्ने

वि.सं.२०७५ कात्तिक १४ बुधवार

279 

shares
GLOBAL IME AD
NTC AD

१४ कात्तिक, काठमाण्डौ । नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझादारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र एसबीसी कोरियाका अध्यक्ष ली साङ जीकले हस्ताक्षर गरेका छन् ।

अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने उद्देश्य रहेको कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।

साना उद्यमीहरूलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिने, दुवै देशमा अवलम्वन गरिएका नीति तथा कानुन, प्रविधि, ज्ञान, शीपको आदान प्रदान, बजार प्रवद्र्धन, विद्यमान ऐन कानूनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्न आ–आफ्ना सरकारलाई अनुरोध गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवि नेपालले साना तथा उद्योगको विकासबाट मात्रै मूलुकको समृद्धि सम्भव भएको बताए । गभर्नर नेपालले मझौला उद्योगको विकासमा नीजि क्षेत्रले गरेको प्रयासको सराहना समेत गरे । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष गोल्छा, विशिष्ट सदस्य एवम् पूर्व अध्यक्ष चण्डिराज ढकाल, नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण साःख, एसबीसीका अध्यक्ष ली साङ जीक र नेपाल कोरिया उवासंघका महासचिव सुनिल खेतानले मन्तव्य राखेका थिए ।

त्यसैगरी साउतीका अध्यक्ष डा। पोषराज पाण्डेले नेपालमा साना तथा मझौला व्यवसायमा लगानीको अवसर तथा साझेदारीका सम्भावना र एसबीसी कोरियाका जुङ हुवान मुनले कोरियन साना तथा मझौला व्यवसायका विषयमा प्रस्तुती दिएका थिए ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार ०८:४८ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...