
१५ कात्तिक, काठमाडौं । नेपाली पासपोर्ट शक्तिका हिसावले विश्वभरका पासपोर्ट मध्ये ७९ औं स्थानमा परेको छ । ग्लोबल पासर्पोट पावर र्यांक २०१ ले हालै प्रकाशित गरेको रिर्पोट अनुसार नेपालले गत वर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त गरेको हो । नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ देशमा आगमन भिसा लाग्ने र १५१ देशमा भिसा आवेदन गरी पाएपछि मात्र यात्रा गर्न सकिने अवस्थाका आधारमा श्रेणी निर्धारण गरिएको आजको नागरिक दैनिकमा समाचार छ ।
पासर्पोटको शक्ति मापनको मापदण्ड उक्त देशको पासपोर्टधारीले कुल भिसा–फ्री यात्रा गर्न पाउने आधारमा गरिएको हो ।
वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०८:१६ मा प्रकाशित