back
CTIZAN AD

नेफोनले तीन पार्टीका नेताहरुसँग अन्तरक्रिया गर्ने

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

741 

shares


लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी नोभेम्बर ३ का दिन नेपालका तीन पार्टीका नेताहरुसंग अन्तरकृया गर्ने भएको छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाली कांग्रेसका नेताहरुलाई एउटै मञ्चमा ल्याएर नेफिन यूकेले अन्तरकृया गर्न लागेको हो ।

शनीबार अल्डरशटको  EMPIRE BANQUETING & HALL मा हुने कार्यक्रमका प्रमुख अतिथि तथा संघीय समाजवादी फोरमका नेता अशोक राई रहने भएका छन् । सोही पार्टीकी नेतृ संघीय महिला फोरमकी इन्चार्ज सुशीला श्रेष्ठ पनि बरिष्ठ नेता राईका साथ उपस्थित हुनेछिन् ।

अन्य अतिथि वक्ताहरुमा राष्ट्रिय जनमुक्ति पार्टीकी उपाध्यक्ष Kamala Thapaर नेपाल तरुण दल का महामन्त्री तथा नेपाली कांग्रेस कालीकोट जिल्लाका पूर्व सभापति भूपेन्द्र जंग शाही पनि अन्तरकृया कार्यक्रममा अतिथि रहने छन् ।

‘नेपालमा आदिवासी जनजाति आन्दोलनको वर्तमान अवस्था र अबको बाटो’ बिषयक उक्त अन्तरकृया दिउँसो ३ बजे शुरु भएर साँझ ७ बजेसम्म चल्ने नेफिन यूके महासचिब  Khusi Limbu ले बताए ।

हाल सरकारमा रहेको तेश्रो ठूलो दल ससफोका दुई नेता गत महिनाको शुरुदेखि नै युरोप भ्रमणमा छन् । ससफोका दुबै नेताहरु नोभेम्बर ११ मा नेपाल फर्किने योजना छ । त्यस्तै कांग्रेस नेता भूपेन्द्रजंग रायमाझी नेपाल तरुण दल बेलायत शाखाको कार्यक्रममा भाग लिन गत हप्ता बेलायत आएका हुन भने जनमुक्ति पार्टीकी नेतृ कमला थापा पनि केही हप्ताका लागि हाल बेलायतमा छन् ।

नेफिन यूके अध्यक्ष Janga Sunuwar ले बेलायतवासी आम नेपाली जनसमुदायलाई कार्यक्रममा उपस्थितका लागि अनुरोध गरेका छन् ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार १३:१८ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...