back

नेफोनले तीन पार्टीका नेताहरुसँग अन्तरक्रिया गर्ने

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

318 

shares
GLOBAL IME AD
NTC AD


लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी नोभेम्बर ३ का दिन नेपालका तीन पार्टीका नेताहरुसंग अन्तरकृया गर्ने भएको छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाली कांग्रेसका नेताहरुलाई एउटै मञ्चमा ल्याएर नेफिन यूकेले अन्तरकृया गर्न लागेको हो ।

शनीबार अल्डरशटको  EMPIRE BANQUETING & HALL मा हुने कार्यक्रमका प्रमुख अतिथि तथा संघीय समाजवादी फोरमका नेता अशोक राई रहने भएका छन् । सोही पार्टीकी नेतृ संघीय महिला फोरमकी इन्चार्ज सुशीला श्रेष्ठ पनि बरिष्ठ नेता राईका साथ उपस्थित हुनेछिन् ।

अन्य अतिथि वक्ताहरुमा राष्ट्रिय जनमुक्ति पार्टीकी उपाध्यक्ष Kamala Thapaर नेपाल तरुण दल का महामन्त्री तथा नेपाली कांग्रेस कालीकोट जिल्लाका पूर्व सभापति भूपेन्द्र जंग शाही पनि अन्तरकृया कार्यक्रममा अतिथि रहने छन् ।

‘नेपालमा आदिवासी जनजाति आन्दोलनको वर्तमान अवस्था र अबको बाटो’ बिषयक उक्त अन्तरकृया दिउँसो ३ बजे शुरु भएर साँझ ७ बजेसम्म चल्ने नेफिन यूके महासचिब  Khusi Limbu ले बताए ।

हाल सरकारमा रहेको तेश्रो ठूलो दल ससफोका दुई नेता गत महिनाको शुरुदेखि नै युरोप भ्रमणमा छन् । ससफोका दुबै नेताहरु नोभेम्बर ११ मा नेपाल फर्किने योजना छ । त्यस्तै कांग्रेस नेता भूपेन्द्रजंग रायमाझी नेपाल तरुण दल बेलायत शाखाको कार्यक्रममा भाग लिन गत हप्ता बेलायत आएका हुन भने जनमुक्ति पार्टीकी नेतृ कमला थापा पनि केही हप्ताका लागि हाल बेलायतमा छन् ।

नेफिन यूके अध्यक्ष Janga Sunuwar ले बेलायतवासी आम नेपाली जनसमुदायलाई कार्यक्रममा उपस्थितका लागि अनुरोध गरेका छन् ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार १३:१८ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ...

नर्वेमा मनाइयो सोनाम ल्होसार

नर्वेमा मनाइयो सोनाम ल्होसार

प्रेम परियार, ओस्लो, नर्बे । तामाङ समाज नर्बेद्वारा आयोजित मंजुश्री...

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...