back
CTIZAN AD

महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुन्छ, मधेसी मोर्चाका लागि हर्ष न बिस्मात

वि.सं.२०७३ कात्तिक ६ शनिवार

708 

shares

 lok-man-sing-karki६ कात्तिक,काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य अमनलाल मोदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुने बताउनुभएको छ ।

आज रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले संविधान कार्यान्वयनको प्रमुख पाटोका रुपमा यो प्रस्ताव रहेकाले सर्वसम्मतरुपमा प्रस्ताव पारित हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ कानुनभन्दा माथि कोही पनि व्यक्ति नभएकाले कानुुनलाई मिचेर अघि बढ्न खोज्नेलाई जनप्रतिनिधिले बहुमतले बिदा गर्ने पक्का छ ।”

नेकपा (एमाले)का सांसद रामेश्वर फुयाँलले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने ठोकुवा गर्दै काँग्रेससँग सहमति जनाउनुबाहेक अन्य विकल्प नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नका लागि प्रमुख दलका नेताले राजनेताको भूमिका निर्वाह गर्ने बेला आएकाले सबै दलले एकमत भएर अगाडि बढ्ने समय आएको छ ।”

सांसद फुयाँलले भोलि आइतबार बस्ने संसद् बैठकले प्रस्तावमाथि छलफल थाली एक महिनाभित्र टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो । तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले दलहरु सबैभन्दा ठूलो काम संविधान संशोधनको प्रक्रिया छोडेर महाअभियोग प्रस्तावतिर लाग्नु मधेसका मुद्दाबाट ध्यान हटाउनका लागि भएको आरोप लगाउनुभयो ।

महाअभियोग प्रस्ताव ल्याउँदा मधेसी मोर्चासँग छलफल नै नगरिकन ल्याएको भन्दै यो प्रस्ताव मधेसी मोर्चाका लागि हर्ष न बिस्मात भएको टिप्पणी गर्नुभयो ।

“सरकार र दलले हतार गरी महाअभियोग प्रस्ताव ल्याउँदा संविधान संशोधनको प्रक्रिया ओझेल परेको छ”– उहाँले भन्नुभयो, “अहिलेको मुख्य समस्या भनेको संविधान संशोधन हो, संविधान संशोधन गरेर तीनवटै निकायको चुनाव गराउँदै संविधान कार्यान्वयन गराउनु ठूलो कुरा हो तर यहाँ लोकमानको प्रकरण देखाएर मोर्चालाई झुक्याउने काम गरिएको छ ।” रासस

वि.सं.२०७३ कात्तिक ६ शनिवार १२:२७ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...