Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतमा पटाका विस्फोटका कारण एक जनाको मृत्यु, केही घाइते



५ कात्तिक, नयाँ दिल्ली (भारत)  । दक्षिण भारतको तामिल नाडू राज्यमा एक निजी ट्युसन केन्द्रमा शुक्रबार पटाका विस्फोटमा एक विद्यार्थीको मृत्यु भएको छ भने तीन जना विद्यार्थी घाइते भएका छन् ।

कोइम्वातुर सहरमा अवस्थित उक्त शैक्षिक केन्द्रमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई कक्षा लिइरहेका बेला भएको उक्त घटनामा एक जना विद्यार्थीको मृत्यु भएको तीन जना घाइते भएका र करिब २०० जना विस्फोटबाट पहिल्यै भागेर ज्यान जोगाउन सफल भएका यहाँका उच्च प्रहरीले जानकारी दिए ।

उनले घटनाको विवरण सार्वजनिक गर्न आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम गोप्य राख्न घटनास्थल पुगेका सञ्चारकर्मीसँग अनुरोध गरे ।

यसैबीच घटनाको छानबिन गर्न एक छानबिन समिति गठन गरी घटनाबारे तथ्य बाहिर ल्याउन राज्य सरकारले प्रशासनलाई निर्देशन दिएको छ । रासस÷सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम