back
CTIZAN AD

लायन विमान दुर्घटनामा मृतकको खोजीकार्य बन्द

वि.सं.२०७५ कात्तिक २५ आइतवार

561 

shares

२५ कात्तिक, जकार्ता, इन्डोनेसिया । दुई हप्ता पहिले दुर्घटनाग्रस्त लायन एअरको विमानमा परेका यात्रुहरूको खोजी शनिबारदेखि रोकिएको इन्डोनेसियाले जनाएको छ ।
अक्टोबर २९मा इन्डोनेसियाको जाभा समुद्रिक आकाशमा दुर्घटनापछि समुद्रमा खसेको अनुमान गरिएको ७३७–एमएएक्स–८ मा यात्रारत चालक दलका सदस्यसहित १८९ जनाको खोजी शनिबार पछि रोकिएको खोजी तथा उद्धार समूहका प्रमुख मुहम्मद स्यायुगीले सञ्चारकर्मीलाई बताए ।
विगत ४८ घण्टाको अन्तरालमा मृत शरीरका कुनै सङ्केत नभेटेको र दुई हप्तासम्म विमान दुर्घटनाबाट समूद्रमा जीबित रहनसक्ने सम्भावना नरहेकोले मृतकको खोजी कार्य रोकिएको छ, स्यायुगीले सञ्चारकर्मीसँग बताए ।
“उद्धारका क्रममा मृतकका शरिरका विभिन्न १९६ नमूनाहरू भेटिएको र तीमध्ये ७९ जनाको शरिर पहिचान भै अन्तिम संस्कारका लागि पीडितका आफन्तहरूलाई बुझाइएको छ,”उनले थपे ।
“ दुर्घटना भएको केही समयभित्रैदेखि उद्धार शुरू गरेको र जिम्मेवारी अनुसार काम गरेको जानकाी गराउन चाहन्छौैँ । हामीले पीडितका परिवारलाई सेवाबाट सन्तुष्ट बनाउन नसकेको भए क्षमा माग्दै अब मृत शरिरको खोजी रोक्ने निर्णय गरेका छौँ ।”
मृतकका आफन्तलाई क्षतिपूर्तिस्वरूप प्रदान गराउने गरी घोषणा गरेको रकम शनिबार उप्रान्त वितरण गरिने लायन एअर कम्पनीले जनाएको छ ।
इन्डोनेसियाली राष्ट्रिय यातायात सुरक्षा समितिले अहिलेसम्म एउटा ब्लाक बक्स रडाटा रेकर्डर फेला पारेको र ककपिट भ्वाइस रेकर्डरको खोजी जारी रहेको जनाएको छ ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार ०८:०२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...