back
CTIZAN AD

आणविक सम्झौता अनुसार सुरक्षाका लागि पहल लिन हस्ताक्षरकर्तालाई इरानको आग्रह

वि.सं.२०७५ कात्तिक २५ आइतवार

621 

shares

२५ कात्तिक, तेहरान (रासस/सिन्ह्वा) । आणविक सम्झौताका अमेरिका बाहेकका अन्य हस्ताक्षरकर्ता मुलुकलाई आणविक सम्झौताको मर्म अनुसार इरानको सुरक्षाका लागि पहल लिन तेहरानले शनिबार आग्रह गरेको छ ।

सम्झौता अनुसार अघि बढ्न हस्ताक्षरकर्ता मुलुकहरूले प्रतिवद्धता जनाएका भएपनि यसका लागि पहलकदमी लिन यूरोपेली यूनियन (इयू) ले ढिलाइ गरेको इरानी विदेश मन्त्री मोहमुद जाभेद जरिफले बताए ।

अमेरिकी आर्थिक प्रतिबन्धका कारण इरानले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै इयूले आर्थिक कारोबारका लागि इरानलाई वैध बाटोको विकल्प दिनुपर्ने उनको भनाइ थियोे ।

शुक्रबार इरानी उपविदेशमन्त्री अब्बास अराक्चीले पनि सम्झौता अनुरूप इरानलाई सहयोग नगरेको भनी इयूको ‘प्रतिक्रिया ढिलो’ भइरहेको भनी आलोचना गरेका थिए ।

सम्झौतामा इयूको राजनैतिक अडान सही भएपनि यसलाई व्यवहारमा लान अन्य हस्ताक्षरकर्ता सफल नभैरहेको उपविदेशमन्त्रीको दावी थियो । उनीहरू अमेरिकाबाट जरिवाना लगाउने र विश्वास गुम्ने भयका कारण इरानबाट बाहिरिने कम्पनीलाई रोक्ने सन्दर्भमा शक्तिहीन देखिएका छन् । इरानमा कार्यरत कतिपय व्यवसायिक कम्पनीहरू अमेरिकाले सम्झौताबाट बाहिरिने घोषणासँगै आफ्ना गतिविधिमा सुस्ताउदै बाहिरिन थालिसकेका छन् । यसैगरी गत वर्षको सेप्टेम्बरपछि अहिलेसम्म रियलको मूल्यमा अमेरिकी डलरसँग ४७ प्रतिशत गिरावट आइसकेको छ ।

इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफले अमेरिकाले सम्झौताबाट बाहिरिएपछि आणविक सम्झौतालाई जोगाउन असफल भएमा यो तेहरानका लागि निकै घातक हुने बताएका छन् । संयुक्त राज्य अमेरिकाले गत मे महिनामा आफूले सन् २०१५ मा इरानसँग विश्व शक्ति राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, चीन र रूसले गरेको आणविक सम्झौतालाई नमान्ने घोषणा गरेको थियो भने गतहप्ता देखि सम्झौताबाट फिर्ता भएको थियो । यसपछि इरानमाथि पुनः सन् २०१५ पहिलेजस्तै आर्थिक नाकावन्दी लगाइएको छ ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार ०७:५९ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...