२५ कात्तिक, काठमाडौं । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकिकरण प्रक्रिया नटुंगिदै त्यसभित्र नयाँधारो जन्म भएको छ । सत्तारुढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने पार्टीका दुई नेता माधब कुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको आजको नागरिक दैनिकमा समाचार छ ।
पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा गत असोज ५ गतेको मनोनयनको निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेका हुन् । पछिल्लो सचिवालय बैठक कात्तिक ५ गते बसेको थियो ।
वि.सं.२०७५ कात्तिक २५ आइतवार ०८:१२ मा प्रकाशित