back
CTIZAN AD

गुरुयोजनाअनुसार पुनःनिर्माणको काम गर्न मन्त्री अधिकारीको आग्रह

वि.सं.२०७५ कात्तिक २५ आइतवार

606 

shares

२५ कात्तिक, सिन्धुली। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा आफू लागेको बताएका छन् । ‘सुखी नेपाली र समृद्ध नेपाल’को सपनालाई साकार बनाउन ओझेलमा परेका र सम्भावना भएका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास र विस्तार सरकारले गर्ने लक्ष्य लिएको बताए ।

शनिबार ऐतिहासिक स्थल सिन्धुलीगढीमा आयोजना गरिएको २५१ औँ विजय दिवसलाई सम्बोधन गर्नुहुँदै उनले सरकारले १०० गन्तव्य स्थलमध्ये सिन्धुलीगढीलाई राखेको जानकारी दिए ।

अहिले पहिलो पटक पर्यटकीय स्थलको रुपमा विकास गर्न रु ५० लाख बजेट विनियोजन गरेको भन्दै जीर्ण अवस्थामा रहेको दरबारको तत्काल पुनःनिर्माण कार्य शुरु गर्न कमलामाई नगरपालिकालाई निर्देशन दिए । ‘‘यसमा सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नेछ’’ उनले भने ।

नेपालीको वीरताको गाथा बोकेको सिन्धुलीगढी पछि परेको भन्दै मन्त्री अधिकारीले स्थानीय सरकारले बनाएको गुरुयोजनाअनुसार पुनःनिर्माणको काम गर्न आग्रह गरे ।

नेपाल भौगोलिक अवस्थाले धेरै सम्पन्नता भएको देश र यसलाई सही तबरले परिचालन गरे रोजगारी, आम्दानी पर्यटनबाटै सिर्जना गर्न सकिने उनको भनाइ रहेको थियो । मन्त्री अधिकारीले निजी क्षेत्रसँग सहकार्य गरेर नेपालका धेरै स्थललाई पर्यटकका लागि गन्तव्य स्थलका रुपमा सरकारले विकास र विस्तारमा जोड दिएको बताए ।

इतिहासको कालखण्डमा अङ्ग्रेज सेनाको फौजलाई हराएर पठाएको दिन शनिबार ऐतिहासिक दिन भएकाले यसलाई आधार बनाएर नेपाली स्वाभिमानलाई कसैले पनि गिराउन नसक्ने उनले दाबी गरे । उनले भने, “संविधान निर्माण भइसेकपछि स्थानीय, प्रदेश र केन्द्रीय सरकार आफ्नो व्यवस्थाअनुसार एकैसाथ अघि बढेकाले राष्ट्र र जनताको समृद्धि र विकासको यात्रा शुरु भएको छ ।”

समारोहमा प्रदेश नं ३ का अर्थमन्त्री कैलाश ढुङ्गेलले सिन्धुलीगढीको पुनःनिर्माणका लागि आवश्क पर्ने बजेट विनियोजन गर्ने बताए । ऐतिहासिक स्थल र पर्यटकका लागि गन्तव्य स्थल भएकाले जीर्ण दरबारको पुनःनिर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने भएकाले पुनःनिर्माणको काम शुरु गर्न निर्देशन दिए ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले सिन्धुलीगढीको पुनःनिर्माण गर्न रु १७ करोड लाग्ने भएकाले सो रकम प्राप्त भएमा नगरपालिकाले दुई वर्षमा पुनःनिर्माण गरी उक्त रकम फिर्ता दिनेसमेत बताए ।

तत्कालीन कप्तान किनलोकको नेतृत्वमा आएको अङ्ग्रेज फौजलाई विसं १८२४ को मध्यमा यही स्थलमा गोर्खाली फौजले बहादुरीपूर्वक लडेर परास्त गरेका थिए । विसं १८२५ कात्तिक २४ गते नेपाली फौजको नेतृत्व श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङलगायतको टोलीले अङ्ग्रेज फौजलाई सिन्धुलीगढी क्षेत्रबाट हराएर पठाएको इतिहासमा उल्लेख भएको सिन्धुलीगढीका अन्वेषणकर्ताको भनाइ छ ।

अङ्ग्रेज सेनालाई पहिलोपटक १८२४ मा कत्तिक २४ गतेका दिन कहिल्यै नफर्किने गरी हार चखाएको स्मरणमा विगत नौ वर्षदेखि सिन्धुलीगढीमा विजय उत्सव मनाउँदै आइरहेको छ ।

नेपाल र नेपालीको वीरताको गाथा रच्न सफल सिन्धुलीगढीको संरक्षण र सम्बद्र्धनमा सम्बन्धित निकायबाट कुनै पनि चासो नदेखाएपछि नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले २०६७ सालदेखि मनाउन थालेको विजय उत्सव गत वर्षबाट कमलामाई नगरपालिकाले जिम्मेवारी लिएको छ ।

यसैबीच गैरआवासीय नेपाली सङ्घले ऐतिहासिक सिन्धुलीगढी संरक्षण तथा पुनःनिर्माणसम्बन्धी गुरुयोजना कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । गैरआवासीय नेपाली सङ्घ र कमलामाई नगरपालिकाबीच सिन्धुलीगढी जीर्णोद्धार एवम् पुनःनिर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमतिअनुसार उक्त गुरुयोजना तयार गरी हस्तान्तरण गरिएको छ ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार ०८:१४ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...