back
CTIZAN AD

दश लाख ब्यारेल तेल निर्यात घटाउन साउदी सरकारलाई सुझाव

वि.सं.२०७५ कात्तिक २७ मंगलवार

570 

shares

 

२७ कात्तिक, आबु धाबी, साउदी अरब ।  विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन प्रतिदिन दश लाख ब्यारेल तेल निर्यातलाई घटाउन साउदी अरबका ऊर्जामन्त्री खालिद अल–फालिहले सोमबार सुझाव दिएका छन् ।

रियादले आगामी डिसेम्बरबाट लागू हुनेगरी प्रतिदिन पाँच लाख ब्यारेल तेल निर्यातमा कमी गर्ने योजना सार्वजनिक गरेको ठीक एक दिन पछि यहाँका विभागीय मन्त्रीको उक्त राय आएको हो ।

“हामीले आइतबार गरेको प्राविधिक समीक्षाबाट विश्व बजारलाई नियन्त्रण तथा सन्तुलन गर्न प्रतिदिन झण्डै दश लाख ब्यारेल तेलको निर्यातमा कटौती गर्नुपर्ने आवश्यकता रहेको निष्कर्षमा पुगेका छौं,” फालिहले आबु धाबीस्थित ऊर्जा सम्मेलनमा बताए ।

अक्टोबरको उत्पादन अवस्थालाई हेरेर प्रस्तावित कटौती गरिनुपर्ने निष्कर्ष निकालिएको हो ।

तेलको मूल्यले गत महिनाको तुलनामा पाँच गुना बढी माग देखिएको साउदीको भनाई छ । अमेरिकाले इरानी कच्चा तेल तथा अन्य सामान निर्यातमा प्रतिबन्ध लगाएपछि गत महिनामा भएको अत्यधिक आपूर्तिले अपेक्षा गरिएभन्दा कमै प्रभाव पर्ने देखिएको साउदी अरबको बुझाई छ ।

फालिहले भने, विश्वको सबैभन्दा ठूलो तेल निर्यात राष्ट्र, साउदी अरबले तेलको विश्व बजारलाई सन्तुलनमा राख्न आगामी महिनादेखि प्रतिदिन पाँच लाख ब्यारेल कटौती गरिने योजना आइतबार सार्वजनिक भएको बताए ।

साउदी अरबसमेत सदस्य रहेको तेल आपूर्ति गर्ने विभिन्न १४ राष्ट्रको सङ्गठन (ओपेक) सदस्य राष्ट्रमध्ये साउदी अरबले मात्र विश्वको एक तिहाइ कच्चा तेल बजारमा आपूर्ति गर्दै आएको छ ।

विश्व बजारमा तेलको आपूर्तिलाई कटौती गर्ने औपचारिक निर्णय भने ओपेक सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठक र ओपेकमा संलग्न नरहेका तर तेल उत्पादनमा हिस्सा राख्ने मुलुकहरूको भियनामा डिसेम्बरको शुरूमा हुने बैठकबाट हुने पनि फालिहले बताए ।

“भियना सम्मेलनभन्दा पहिले तेल उत्पादक मुलुकहरूले बजारको तथ्याङ्कलाई निरन्तर समीक्षा गर्ने र प्रतिदिन दश लाख ब्यारेल तेल आपूर्तिमा कटौती आवश्यक पर्ने भएमा उक्त निर्णय लिन पछि ओपेक पछि हट्ने छैन,” फालिहले बताए ।

संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहाइल अल–मजरौयीले भने, तेल बजारलाई सन्तुलनमा राख्न रणनीतिमा परिवर्तन ल्याइनु आवश्यक भएको बताए ।

हामीले तेलको मूल्यमा देखिएको कमीप्रति अनावश्यक अभिनय गर्नु पर्दैन भन्दै कच्चा तेलको बजार गतिशील रहन्छ, मजरौयीले थपेका छन् ।

तेल बजारका हस्ती मानिने साउदी अरब र रूसले इरानमाथिको अमेरिकी आर्थिक नाकाबन्दीका कारण आगामी वर्ष तेलको मागमा वृद्धि आउने छ जसलाई सन्तुलन गर्न र बजारलाई स्थिर गर्न सम्मेलनले नयाँ निर्णयको घोषणा गर्नुपर्नेछ, इराकका ऊर्जामन्त्री आसेम जिहादले बताए ।

साउदी अरबले विश्व बजारमा आफ्नो तेल आपूर्तिमा कटौती गर्ने योजना सार्वजनिक गरे लगत्तै सोमबार कच्चा तेलको मूल्य १.५ प्रतिशतले बढेको थियो ।

वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०९:३८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...