back

तक्मामा ९ करोड, हिरा, सुन चाँदी किन्न सुरु

वि.सं.२०७५ कात्तिक २८ बुधवार

336 

shares
GLOBAL IME AD
NTC AD

२८ कात्तिक, काठमाडौं । सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषण लगायतका तक्माका लागि आवश्यक पर्ने हिरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ ।
गृहमन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी कम्पनीसँग हीरा, सुन र चाँदी किन्न प्रक्रिया अघि बढाएको छ ।
अर्थमन्त्रालयबाट यस प्रयोजनका लागि ९ करोड रुपैयाँ आइसकेको गृहमन्त्रालयको विभूषण शाखाले जनाएको छ ।
गृहमन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव महादेव पन्तले विभिन्न मान पदवीबाट शुसोभित भएकाका लागि तक्मा बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए । महाशाखाका अनुसार सुन र चाँदी राष्ट्र बैंकसँग खरिद गरिनेछ । सबै तक्मा घरेलु कार्यालय अन्तर्गतका कालिगढले बनाउने सहसचिव पन्तले बताए । तक्मा तथा पदकमा जलप लगाउने कार्य भने राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखा सुन्धाराले गर्नेछ ।

वि.सं.२०७५ कात्तिक २८ बुधवार ०८:२७ मा प्रकाशित

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय...

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय...

बुटवलमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

बुटवलमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ...

सरकारीको टाउकोमा २५ खर्ब ३६ अर्ब ऋण

सरकारीको टाउकोमा २५ खर्ब ३६ अर्ब ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म...

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म...