back
CTIZAN AD

तक्मामा ९ करोड, हिरा, सुन चाँदी किन्न सुरु

वि.सं.२०७५ कात्तिक २८ बुधवार

681 

shares

२८ कात्तिक, काठमाडौं । सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषण लगायतका तक्माका लागि आवश्यक पर्ने हिरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ ।
गृहमन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी कम्पनीसँग हीरा, सुन र चाँदी किन्न प्रक्रिया अघि बढाएको छ ।
अर्थमन्त्रालयबाट यस प्रयोजनका लागि ९ करोड रुपैयाँ आइसकेको गृहमन्त्रालयको विभूषण शाखाले जनाएको छ ।
गृहमन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव महादेव पन्तले विभिन्न मान पदवीबाट शुसोभित भएकाका लागि तक्मा बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए । महाशाखाका अनुसार सुन र चाँदी राष्ट्र बैंकसँग खरिद गरिनेछ । सबै तक्मा घरेलु कार्यालय अन्तर्गतका कालिगढले बनाउने सहसचिव पन्तले बताए । तक्मा तथा पदकमा जलप लगाउने कार्य भने राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखा सुन्धाराले गर्नेछ ।

वि.सं.२०७५ कात्तिक २८ बुधवार ०८:२७ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...