२८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा जिल्लामा रिक्त रहेका नगरपालिका, गाउँपालिकाका २८ विभिन्न पदमा उपनिर्वाचन आवस्यक रहेको आंकडा तयार पारेको छ । तर, आयोगले निर्वाचन मिति र आवस्यक कानुन नपाउँदा निर्वाचनको प्रक्रिया अघि बढाउन नसकेको आजको राजधानी दैनिकमा समाचार छ ।
आयोगले आफैलाई निर्वाचनको मिति तोक्ने कानुनी अधिकार नभए पनि २२ जिल्लाका रिक्त विभिन्न २८ पदमा उपनिर्वाचन आवस्यक रहेको बताएको हो ।
तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आयोगलाई कहाँ कहाँ उपनिर्वाचन आवस्यक छ भन्ने बारेमा आधिकारीक जानकारी गराएको छैन ।
वि.सं.२०७५ कात्तिक २८ बुधवार ०८:३६ मा प्रकाशित