
२८ कात्तिक, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलेले भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मन्त्री पदबाट हटाएको चर्चा सेलाउन नपाउँदै सुदुरपश्चिमका मुख्मन्त्री त्रिलोचन भट्टले पनि सामाजिक बिकास मन्त्री दीर्घ सोडारीलाई मंगलबार पदमुक्त गरेका छन् ।
मुख्यमन्त्री भट्टले मन्त्रिपरिषद्को तेस्रो वरियतामा रहेका सोडारीलाई पदीय मर्यादा र आचरण विपरीत काम गरेकाले पदमुक्त गरिएको बताए पनि श्रोत भने प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा बर्खास्त गरिएको दाबी गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
‘संसदीय प्रक्रिया अनुरुप मन्त्री फेरबदल भइरहन्छ,” मुख्यमन्त्री भट्टले भने, ‘पदीय मर्यादा अनुसार सहि कार्यसम्पादन नगरेकाले मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गर्ने निर्ण गरिएको हो ।’
वि.सं.२०७५ कात्तिक २८ बुधवार ०८:४४ मा प्रकाशित