
२८ कात्तिक, काठमाडौं । मुख्मन्त्री डोरमणी पौडले प्रदेश ३ को राजधानी हेटौडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रंगरोगन र सजावट भने एउटा अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) ले गरिदिएको छ ।
त्यहि आइएनजीओ एसिया फाउन्डेशनको सहयोगमा उनी प्रदेश को १५ वर्षे आवधिक योजना ऊ घरबाट बनाउन लगाइरहेका छन् । तीन तल्ले घरको बीचको तल्लामा प्रदेशका नीति तथा योजना आयोगका प्राबिधिकहरु त्यहि काम गर्छन् ।
भैसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ गतेबाट उनलाई दिइएको हो । यसको स्वामित्व सहरी विकास मन्त्रालयमा छ । मकवानपुरबाट लोकप्रियता हासिल गरेका उनी हेटौडामै प्रादेशिक राजधानी स्थायी बनाउने जोडबलमा लागेको पनि आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ । काठमाडौंमा प्राविधिक राखेर योजना बनाउन लगाउनुको कारणबारे भने ‘हेटौडामा बसेर गर्न असहज भएर ।’
‘सरकारी निवासको दोहोरो सुविधा उनी अन्यथा ठान्दैनौं । सरकारले दिएको निवास प्रयोग गर्दा के आपत्ति भयो ?’ उनले भने ‘एसिया फाउन्डेशनले योजनामा प्राविधिक सहयो गरेको हो । यसले सहकार्य गर्न चाहेकोले गरिएको हो ।’
वि.सं.२०७५ कात्तिक २८ बुधवार ०८:४९ मा प्रकाशित