back
CTIZAN AD

चार महीनामा नौ बलात्कारका मुद्दा दर्ता

वि.सं.२०७५ मंसिर ५ बुधवार

672 

shares

rape case in nepal५ मङ्सिर, साँखु।काठमाडौँ महानगरीय प्रहरी वृत्त बौद्धमा चार महीनायता नौ बलात्कारका मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले चालु आर्थिक वर्ष २०७५|७६ को साउनदेखि कात्तिकसम्ममा बौद्ध क्षेत्रमा ती घटना भएका हुन् ।

चार महीनामा प्रहरीले १५ जना विरुद्ध बलात्कार गरेको अभियोगमा मुद्दा चलाएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उजुरी दिनेमा आठ वर्षीया बालिकादेखि ६३ वर्षीया महिलासम्म रहेका छन् । कात्तिक २१ गते मुलपानीस्थित क्रिकेट मैदान परिसरभित्र बन्द कोठामा १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएको छ भने एक जना फरार छन् । पक्राउ पर्नेमा बर्दिया घर भई क्रिकेट मैदानको पर्खाल निर्माणको काम गर्ने २८ वर्षीय बिखशु थारू, २१ वर्षीय नरेश कुश्मा, २२ वर्षीय राजकुमार थारू, २१ वर्षीय रविन इटनी, १६ वर्षीय राजेश थारू, १९ वर्षीय हरि कुमाल र ३४ वर्षीय डिल्लीराम थारू रहेका छन् ।

यस्तै साउन ११ गते आठ र नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडाँै गोकर्णेश्वर नगरपालिका–६ का ४० वर्षीय राकेश श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरी कार्यालय बौद्धको तथ्याङ्कअनुसार साउन १९ गते शङ्खरापुर नगरपालिकाका १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शङ्खरापुर नगरपालिकाका ४९ वर्षीय हरि तिमल्सिनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । सोही नगरपालिकाका ६३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा भदौ २१ गते शङ्खरापुर नगरपालिकाका ४३ वर्षीय दलबहादुर शाहीलाई पक्राउ गरी उनी विरुद्ध मुद्दा चलाएको छ ।

यस्तै भारतको सितामढीका ३५ वर्षीय शम्भु गिरी काभ्रेका ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा असोज ४ गते पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक माधव चौधरीका अनुसार रामेछापका २८ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बू दुधकुण्ड नगरपालिका–६ का २४ वर्षीय दावा तामाङलाई असोज १ गते पक्राउ गरी मुद्दा चलाएको छ । सोही जिल्लाको १७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ विराटनगरका २२ वर्षीय राजन मण्डललाई असोज २८ गते पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रहीले खोटाङ र सुनसरी घर भई काठमाडौँ बस्दै आएका दुई बलालिकालाई बलात्कार गरेको अभियोगमा झापा गौरादहका ३९ वर्षीय मदन परियार र धनुषा घर भएका २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–८ का ३१ वर्षीय कवि श्रेष्ठलाई आसोज ४ गते पक्राउ गरी मुद्दा चलाएको छ । “चार महीनाको अवधिमा बलात्कारका नौ मुद्दा अदालतमा दर्ता भएका छन्,” चौधरीले भने । बलात्कृत हुनेमा आठ बालिका, दुई युवती र एक महिला रहेका छन् । सबैभन्दा बढी बालिका नै बलात्कृत हुने गरेको पाइएको छ ।

“प्रहरीले निष्पक्ष अनुसन्धान गरे अपराधी पक्राउ गर्न समस्या हुन्न,” अधिवक्ता अस्मिता पोखरेलले भने, “लिभिङ टुगेदरसम्बन्धी कानून नबन्दासम्म समस्या बढ्दै जान्छ ।”

वि.सं.२०७५ मंसिर ५ बुधवार १०:५२ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...