back
CTIZAN AD

संसारकै प्रेरणादायी महिलामा उमावादी १० औं नम्बरमा

वि.सं.२०७५ मंसिर ५ बुधवार

621 

shares

संसारकै प्रेरणादायी र प्रभावशाली सय महिलामध्ये नेपालकी उमावादी १० औं नम्बरमा परेकी छन् ।
बेलायतमा मुख्यालय रहेर प्रशारित हुने बीबीसीले विश्वकै चर्चित महिलाको रुपमा विभिन्न देशका १ सय महिलाको सूचीमा नेपालकी उमावादीलाई १० औं नम्बरमा राखेको हो ।
पिछडिएका वादी समुदायको अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएकी उनले वादी समुदायको अधिकारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोले आफूले यस्तो सम्मान पाएको हुन सक्ने भन्दै खुसी व्यक्त गरेकी छन् ।
उमा वादीले २०६३ सालमा आफ्नै नेतृत्वमा कैलालीमा आन्दोलनको सुरुवात गरेकी थिइन् । त्यस समयमा उनले वादी समुदायका महिलाले गर्नु परेको बाध्यात्मक यौन पेशन, समुदायका बालबालिका दयनिय अवस्था, घरबार नभएकाको समस्या, आमाको नामबाट नागरिकता नपाउने समस्या लगायतका विभिन्न माग राख्दै आन्दोलनको सुरुवात गरेकी थिइन् ।

त्यस्तै २०६४ मा काठमाडौंमा भएको राष्ट्रिय वादी सम्मेलनले आमाको नाममा नागरिकता पाउनुपर्ने, वादी समुदायका बालबालिकाका लागि निःशुल्क शिक्षा तथा भरणपोषण, घरवास कार्यक्रम सहजरुपमा विवाह दर्ता लगायतका मागहरु राखेको थियो । उक्त माग अनुसार नेपाल सरकारले हाल आमाको नामबार नागरिकता दिने व्यवस्था गरेको, घरवास कार्यक्रमको व्यवस्था गरिएको पनि उमावादी बताउँछीन् । उमा वादी नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा समानुपातिक सांसद छन् ।

वि.सं.२०७५ मंसिर ५ बुधवार १३:३८ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...