back
CTIZAN AD

धमाधम महेन्द्रा जिपका सिट काट्दै ट्राफिक प्रहरी

वि.सं.२०७५ मंसिर ६ बिहीवार

612 

shares

६ मंसीर, डोटी । जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ । चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु बोक्दै आएका थिए ।

सिटक्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि आफूहरुले यहाँका जिपमा जोडिएका पछाडिका सिटहरु हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रूपसिंह थापाले बताए ।
उनले भने, “सामान बोक्ने ठाउँमा यात्रु बोक्ने सिट जडान गरेर यात्रुको यात्रा जोखिम बनाउने तथा बढी दुर्घटना निम्त्याउने सम्भावना भएकाले हामीले सिट हटाउन थालेका छाँै, नहटाउनेलाई कारवाही हुनेछ ।” गाउँका कच्ची सडकमा चल्ने यहाँका जिपमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको अनुमान छ ।जिपका पछाडि जोडिएका सिटहरु हटाउन थालेपछि स्थानीयवासी पनि निकै खुशी भएका छन् । अब यहाँका जिप चालकले चालकसहित पाँच जना मात्रै यात्रु बोक्न पाउने नियम कायम भएको ट्राफिक प्रहरी जवान महेन्द्र विष्टले बताए ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार ११:२७ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...