back
CTIZAN AD

तनाबमा रहेका कामदारका लागि नेपाली दूतावास कोरियाले ल्यायो यस्तो कार्यक्रम

वि.सं.२०७५ मंसिर ६ बिहीवार

639 

shares

६ मंसीर, काठमाडौँ । दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थापन तथा स्वेच्छिक घरफिर्ती कार्यक्रम गर्ने भएको छ ।

मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिएका छन् ।

कार्यक्रममा सिनियर कन्सल्ट्यान्ट मनोविद् डा केदारबहादुर रायमाझीले विशेष प्रस्तुति, प्रशिक्षण तथा परामर्श प्रदान गर्नेछन् ।

यही मङ्सिर १५ र १६ गते नेपाली कामदारको बाहुल्य रहेको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिनेछ । मङ्सिर १५ गते छनान र १६ गते मक्को हुन्डाई औद्योगिक क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

छनान राजधानी सियोलबाट दुई घन्टाको दूरीमा छ । मक्को हुण्डाई कम्पनीमा करीब २०० नेपाली कार्यरत रहेको श्रम काउन्सिलर बास्तोलाले जानकारी दिए । सो स्थानमा हुने कार्यक्रममा झन्डै चार सय नेपाली सहभागी हुने अनुमान गरिएको छ ।

कार्यक्रममा विज्ञसँग परामर्श, छलफल तथा सुझाव लिने, कार्यअवधि समाप्तीसँगै स्वेच्छिक रुपमा स्वदेश फिर्ताका लागि उत्प्रेरित गर्न तथा स्वदेश फर्केका कामदारलाई नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधाका बारेमा जानकारी गराइने पनि उनले बताए ।

सो क्रममा कामदारको गुनासोलाई यथासम्भव कार्यस्थलमै गई सुनुवाई र सम्बद्ध पक्षसँग बहस पैरवी गरिने दूतावासले जनाएको छ । आफूलाई पायक पर्ने स्थानमा हुने सो कार्यक्रममा सहभागिताका लागि दूतावासले अनुरोध गरेको छ ।

कार्यक्रममा सहभागीलाई ‘कमाउ, सीप सिक र स्वदेश फर्की उद्यमी बनी रमाऔँ’ सन्देशसहितको परामर्श प्रदान गरिने काउन्सिलर बास्तोलाले जानकारी दिए ।
मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारणबाट कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको जानकारी दिँदै उहाँले भन्नुभयो, “कोरियामा काम गर्ने नेपालीमा डिप्रेसनको अवस्था भयावह छ, कडा काम, रोजगारदाताको कामप्रतिको कडाई, परिवारको चाहनालगायत कारणबाट नेपालीमा मानसिक रोग देखा परेको छ । यसबाट आत्महत्याको घटनामा समेत वृद्धि भएको हुनसक्छ ।”

कोरियामा समयावधि सकिएपछि अवैधानिक बसोबास गर्दाका बखत आइपर्ने समस्याका बारेमा नेपालीलाई जानकारी गराइने छ, उनले भने, ‘सीप सिकी नेपाल फर्केर उद्यमशीलता विकास गरी स्वदेशको समृद्धिमा योगदान गर्न कार्यक्रमले प्रेरित गर्नेछ ।”

आकर्षक गन्तव्यका रुपमा रहेको कोरियामा पछिल्लो समय विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दै गएको छ । सन् २००७ देखि हालसम्म विभिन्न कारणबाट १६० नेपालीको मृत्यु भइसकेको छ । आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा नेपालीले ज्यान गुमाउँदै आएका पनि छन् ।

रोजगारी अनुमति प्रणाली इपिएसमार्फत हालसम्म करीब ५८ हजार नेपाली कामको खोजीमा कोरिया पुगेका छन् । अहिले करीब ४० हजार नेपाली विभिन्न कामका सिलसिलामा कोरियामा रहेको दूतावासले जनाएको छ । तीमध्ये ३६ हजारले कोरिया भाषा परीक्षा पास गरी काम गर्दै आएका छन् भने चार हजार नेपाली विभिन्न पेसा व्यवासाय गरी कोरियामा बसोबास गर्दै आएका छन् ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार ११:३७ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...