back
CTIZAN AD

‘सुकुम्वासी समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको छ’

वि.सं.२०७५ मंसिर ६ बिहीवार

597 

shares

६ मंसीर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् ।

भरतपुर महानगरपालिका–२४ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा उनले सुकुम्वासी समस्या समाधान गर्न नीतिगत छलफल भइरहेको बताए ।

सो अवसरमा उनले सुकुम्वासी समस्या छिट्टै समाधान हुने बताए । कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कसैले पनि गर्न नसक्ने बताउँदै अध्यक्ष दाहालले भने “समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार गर्नेछ ।” यसै वर्षबाट नारायणी र राप्ती नदीको तटबन्ध शुरु हुने उनको भनाइ थियो । अध्यक्ष दाहालले राप्ती र नारायणी नदीको तटबन्धसहितको चक्रपथको विस्तृत अध्ययन प्रतिवेदनको काम यसै वर्षबाट शुरु हुने बताए ।

कार्यक्रममा उनले भने, “म आफू चितवनको जनप्रतिनिधि भएकाले पनि चितवनको विकासमा मेरो चिन्ता र चासो बढी नै छ । चितवन, अनि समग्र देशको विकास र समृद्धिमा लाग्नुको विकल्प छैन ।” अध्यक्ष दाहालले विगत १२÷१५ महीनामै भरतपुर महानगर र सिङ्गो चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको बताए । भरतपुर महानगरपालिकाले अगाडि बढाएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र सिटी हल छिट्टै बन्ने उहाँले बताउनुभयो । उनले भने, माडी–ठोरी केरूङ सडकको काम पनि अगाडि बढ्छ ।”

कार्यक्रममा भरतपुर महानगरप्रमुख रेनु दाहालले भरतपुर–२४ ले वातावरणमैत्री वडा घोषणाका सम्पूर्ण मापदण्ड पूरा गरी वातावरणमैत्री वडा घोषणा गराउन सफल वडावासीलाई धन्यवाद दिँदै अन्य वडालाई पनि क्रमशः वातावरणमैत्री वडा घोषणा गर्दै जाने बताए ।

भरतपुर महानगरलाई नमूना बनाउन लागिपरेको भन्दै महानगरप्रमुख दाहालले भने, “भरतपुर महानगरपालिका महत्वकाङ्क्षी योजनाका साथ अगाडि बढिरहेको छ, ती योजनालाई सम्पन्न गर्न हामी अग्रसर भएर लागिरहेका छौँ ।” उनले थपे, “सिटी हल निर्माण, रिंगरोड, लिंकरोडका कामहरु तीव्र गतिमा अगाडि बढिरहेका छन् ।” भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार १५:४६ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...