back
CTIZAN AD

एकमहिना भित्रमा निःशुल्क वाइफाइ क्षेत्र घोषणा हुँदैछ त्रिवि

वि.सं.२०७५ मंसिर ८ शनिवार

543 

shares

८ मंसीर, काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ ।

त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधिको प्रयोग गरेर शिक्षा प्रदान गर्न र विद्यार्थीलाई सूचनामा सहज पहुँच पु¥याउनका लागि त्रिविलाई पहिलोपटक निःशुल्क वाइफाइ क्षेत्र घोषणा गर्न थालिएको त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदीशकुमार पोखरेलले जानकारी दिए ।

“त्रिविका हरेक कामकारवाही सूचना प्रविधिमार्फत गर्नका लागि निःशुल्क वाइफाइ क्षेत्र बनाउन लागिएको हो”, उनले भने, “अब त्रिविका हरेक क्रियाकलाप सूचना प्रविधिबाट हुन्छ ।” त्रिविलाई कागजविहीन बनाउन र विद्यार्थीलाई सूचना प्रविधि प्रयोग गरेर शिक्षा प्रदान गर्नका लागि वाइफाइ क्षेत्र बनाउन थालिएको निर्देशक प्राडा पोखरेलल बताए । उनकाअनुसार अबको एक महीनाभित्र त्रिविलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिने छ ।

यसका लागि त्रिविले नेपाल टेलिकमसँग सम्झौता गरिसकेको छ । अहिले त्रिवि क्षेत्रभित्र सवै स्थानका वाइफाइका लागि अप्टिकल फाइबर बिछ्याउने कामसमेत द्रूतगतिमा भइरहेको छ । अप्टिकल फाइबर बिछ्याउने काम एक महीनाभित्र सकिने र त्यसपछि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गरिने छ । त्रिविलाई सूचना प्रविधिमैत्री बनाउनका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ ।

“अब इन्टरनेटमा खोजेर पनि विभिन्न विषयको अध्ययन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई पनि पठनपाठनमा सजिलो होस् भनेर इन्टरनेट आवश्यक पर्ने भएकाले निःशुल्क वाइफाइ बनाउन थालिएको हो ।” विद्यार्थीले त्रिविमा गएर आफूलाई अनुकूल हुने पाठ्यक्रम सामग्री, पाठ्यक्रम र अन्य सामग्री खोज्न सक्नेछन् ।

निश्चित क्षेत्रसम्म वाइफाइ हुनेछ र त्रिविको क्षेत्रमा प्रवेश गर्नासाथ सबैको कम्युटर, ल्याबटप र मोबाइलमा निःशुल्क इन्टरनेट हुनेछ । विद्यार्थीले त्रिविको जुनसुकै ठाउँमा बसेर पनि आफूलाई चाहिएको पाठ्य सामग्री इन्टरनेटबाट पढ्न सक्ने छन् ।

पहिलो चरणमा त्रिविको केन्द्रीय क्याम्पसमा निःशुल्क वाइफाइ घोषणा गरेपछि विस्तारै देशभरिका आफ्ना आंगिक क्याम्पसमा यो योजना लागू गर्ने लक्ष्य रहेको निर्देशक प्राडा पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिविले दोस्रो चरणमा उपत्यकाका आंगिक र तेस्रो चरणमा देशभरिका आंगिक क्याम्पसमा यो योजना लागू गर्नेछ ।

स्मार्ट बोर्ड

त्रिविले केन्द्रीय क्याम्पसलाई सूचना प्रविधियुक्त माध्यमबाट शिक्षा दिनका लागि मार्कर र बोर्डको सट्टामा ‘स्मार्ट बोर्ड’ समेत प्रयोगमा ल्याएको छ । शिक्षा, व्यवस्थापन र विज्ञान सङ्कायमा स्मार्ट बोर्डको शुरुआत गरेको त्रिविले जनाएको छ ।

वि.सं.२०७५ मंसिर ८ शनिवार ०९:३९ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...