back
CTIZAN AD

बस दुर्घटनाका घाइतेको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

वि.सं.२०७५ मंसिर ८ शनिवार

633 

shares

८ मंसीर, अत्तरिया । डडेल्धुरा बस दुर्घटनाका घाइतेको सम्पूर्ण उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले ब्यहोर्ने भएको छ ।

दुर्घटनामा घाइते भएकालाई भेट्न शुक्रबार सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुग्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बस दुर्घटनाका घाइतेहरूको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने घोषणा गरे ।

सो अवसरमा उनले उपचारमा कुनै कमी नगर्न चिकित्सकलाई निर्देशन पनि दिए । मुख्यमन्त्री भट्टसँगै घाइतेलाई भेट्न सो प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पनि अस्पताल पुगेका थिए । केआइसिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।

वि.सं.२०७५ मंसिर ८ शनिवार ०९:४६ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...