back

शिशु अपहरण गर्ने २५ वर्षीय तेली जेल चलान

वि.सं.२०७५ मंसिर ८ शनिवार

390 

shares
IME Limited
NTC AD

८ मंसीर, गौशाला । आठ महीने शिशु (बालिका) लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ ।

जेल चलान हुनेमा औरही नगरपाकिला–६ का २५ वर्षीय भरत साह तेली रहेका छन् । गत भदौ १० गते साँझ ६ बजेतिर औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी छोरी आठ महीने सोनालीलाई औरही बजारमै रहेको आफ्नै फैन्सी स्टोरमा आमा इन्द्रेश ग्राहकसँग सामान बेच्न लागेको व्यस्त मौका छोपी भरतले पसलबाटै अपहरण गरी लगेका थिए ।

दूधे बालिका अपहरण गरी लगेर भरतले जमुनियास्थित जङ्गलमा जबर्जस्ती करणी गरी हत्या गरेको अवस्थामा प्रहरीले भोलिपल्ट भदौ ११ गते शव बरामद गरेको थियो । घटनापश्चात् लामो समयसम्म भागी हिँडेका आरोपीलाई सुनसरी प्रहरीले गत कात्तिक ३ गते भन्टाबारीबाट प्रक्राउ गरेको थियो ।

पक्राउ गरिएका भरतलाई महोत्तरी प्रहरीमा सुपुर्दगी गरेपछि उनीमाथि मुद्दा चलाई जिल्ला अदालतमा उपस्थित गराउँदा उनलाई बालिका अहपरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ ।

वि.सं.२०७५ मंसिर ८ शनिवार ०९:५१ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...