back
CTIZAN AD

अब नारायणहिटीका थप कोठा अवलोकन गर्न पाइने

वि.सं.२०७५ मंसिर ८ शनिवार

720 

shares

८ मंसीर, काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालयका १० कोठा (कक्ष) सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।

सङ्ग्रहालयका सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अङ्गरक्षकहरूको कार्यकक्ष शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अवलोकन गरी खुला भएको घोषणा गरे ।

शृङ्गार कक्षका रूपमा राखिएको सिन्धुली बैठकमा तत्कालीन रानीले पोशाक पहिरिने, शृङ्गार गर्ने तथा दिउँसोको खानापछि आराम गर्न प्रयोग गरिन्थ्यो । गणेश हिमाल कार्य कक्ष भनिने झापालाई प्रतीक्षालयका रूपमा उपयोग गरिएको थियो । यस कोठामा पूर्वराजाले छलफल तथा दर्शनभेट कार्यक्रम हुँदा आउनुहुने पाहुनालाई राखिन्थ्यो ।

इलामलाई समेत गणेश हिमाल कार्य कक्षको नाम दिइएको छ । यो कोठामा तत्कालीन राजाले हप्ताको एक दिन प्रायः बिहीबार प्रधानमन्त्रीसँग छलफल गर्ने गरी उपयोग गरिएको थियो । यो कक्षमा अन्य विशिष्ट व्यक्तित्वसँग पनि वार्ता हुने गर्दथ्यो ।

दरबारभित्रको सुनसरी लेखिएको कोठामा पूर्वराजा तथा राजपरिवारका सदस्यले श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन एवं नव यज्ञोपवित धारण गर्ने कार्यक्रम हुन्थ्यो । रक्षाबन्धन कक्ष भनेर समेत नामाकरण गरिएको यो कोठामा राजपरिवारका सदस्यको अन्य धार्मिक गतिविधि हुन्थ्यो ।

सप्तरी जिल्लाको नाममा नामाकरण गरिएको कक्षमा विभिन्न समयमा हुने रात्रि तथा दिवा भोजको चोेखो (शाकाहारी) खाना राखिन्थ्यो । यसलाई भोजन कक्षको नामले समेत चिनिन्छ । पूर्व मुमाबडामहारानी तथा तत्कालीन युवराजको जन्मोत्सवका अवसरमा धनुषा बैठकमा आयोजना हुने कार्यक्रममा सहभागीको भोजन गर्ने कोठाका रूपमा समेत यसलाई उपयोग गरिएको नारायणहिटी दरबार सङ्ग्रहालयले जनाएको छ ।

सिराहा बैठक कक्षमा सप्तरी भोजन कोठामा भोज आयोजना हुँदा खानाअघि र पछि बसेर छलफल गरिन्थ्यो । धनुषा बैठक कक्षमा बडादशैँको टीकाग्रहण, विभूषण प्रदान गर्नेलगायत विभिन्न कामका लागि प्रयोग गरिन्थ्यो । पर्सा, चितवन र कपिलवस्तु बैठक कक्षलाई पाहुना कोठाका रूपमा उपयोग गरिएको थियो । अङ्गरक्षकहरूको कार्य कक्षमा पूर्वराजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी बस्ने गरेको जनाइएको छ ।

दश कक्षको अवलोकनपछि खुला गरिएको घोषणा गर्नुहुँदै मन्त्री अधिकारीले दरबारभित्रको चलचित्र घर र पुस्तकालयबाहेकका सबै कोठा सर्वसाधारणले अवलोकन गर्न सक्ने जानकारी दिए । ती दुई कोठालाई पनि छिटोभन्दा छिटो अवलोकन गर्न सक्ने गरी तयारी गरिएको उनले जानकारी दिनुभयो ।

दरबारमा ५२ कक्ष भनिएका कुन कुन हुन् तिनको वास्तविक विवरण सङ्कलन गर्न मन्त्री अधिकारीले निर्देशन दिनुभयो । सङ्ग्रहालयको गुरुयोजना अन्तिम चरणमा पुगेकाले त्यसको कार्यान्वयनपछि आकर्षकस्थलका रूपमा विकास गरिने उनले बताए ।

मन्त्रालयले करीब एक महीनाअघि पूर्वराजाले पहिरिने श्रीपेच सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरेको थियो । कार्यक्रममा पुरातत्व विभाग र नारायणहिटी दरबार सङ्ग्रहालयका अधिकारीहरूको पनि उपस्थिति थियो ।

वि.सं.२०७५ मंसिर ८ शनिवार ०९:५७ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...