back
CTIZAN AD

मन्त्री बस्नेतको आरोप ‘नेमकिपा भक्तपुरको विकास विरोधी’

वि.सं.२०७५ मंसिर ८ शनिवार

642 

shares

८ मंसीर, भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टीका नेताहरू विकास विरोधी भएको आरोप लगाएका छन् ।

शुक्रबार भक्तपुरमा एभरेस्ट मिसन डट कमको दोस्रो वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा भने, “त्रिभुवन विश्वविद्यालय खरिपाटीमा राख्न खोज्दा विरोध गर्दा कीर्तिपुर गयो, काठमाडौँ विश्वविद्यालय चाँगुनाराणमा राख्न खोज्दा धुलिखेल गयो, भक्तपुरमा आउन लागेको अस्पतालको पनि त्यसैगरी विरोध भयो, ३ नं प्रदेशको अस्थायी राजधानी भक्तपुरमा राख्न खोज्दा पनि विरोध ग¥यो, अहिले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न लाग्दा पनि नेमकिपाले बिरोध गर्दैछ, नेमकिपा भक्तपुरको विकासमा बाधक बन्दै आएको छ ।”

सांसद एवं पूर्वमन्त्री बस्नेतले प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष एवं आमसञ्चार डटकमका सम्पादक एवं सूर्यविनायक नगरपालिका–९ का वडाध्यक्ष उपेन्द्र केसी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा (बजगाईं), नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी र एभरेस्ट मिसन डटकमकी व्यवस्थापन एवं राससकी फोटोग्राफर भगवती थापा क्षेत्रीलाई एभरेस्ट मिसन डटकमलाई पु¥याएको योगदानको कदर गर्दै सम्मान गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मैना भण्डारीले देशको विकासलाई अगाडि बढाउने गरी विकास पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै सञ्चारमाध्यम निष्पक्ष भएर जान नसकेको गुनासा गरे । कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले सञ्चारमाध्यम निष्पक्ष भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष किरण पौडेल, नेकपाका गण्डकी प्रदेश सदस्य राजीव पहरी, अखिल क्रान्तिकारीका रञ्जित तामाङ, पत्रकार बबिता बस्नेत, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यद्वय सोम शर्मा (बजगाईं), नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, हनुमन्ते सफाइ अभियानका अभियन्ता रुद्र पौडेल, पत्रकार इन्द्रबहादुर रिजाल, मानव कल्याण सेवा घरकी सञ्चालिका सुुमित्रा चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं.२०७५ मंसिर ८ शनिवार १०:०१ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...