back
CTIZAN AD

प्रकाश राईको अध्यक्षतामा युक्राको डिएमभिपी च्याप्टर गठन

वि.सं.२०७५ मंसिर ८ शनिवार

735 

shares

 

किराँत राई अर्गनाइजेशन अफ अमेरिकाले प्रकाश राईको नेतृत्वमा  डिएमभिपी ( DMVP) च्याप्टरको गठन  गरेको छ ।

नोभेम्बर २२ का दिन  युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) डिएमभिपि  मेरिल्याण्ड च्याप्टरले रकभिलमा आयोजना गरेको छिरिनाम शाकेला (उधौली) ५०७८ को शुभकामना आदनप्रदान तथा नयाँ कार्यसमितिको चयन गरिएको हो ।

राईको अध्यक्षतामा गठन गरिएको उक्त डिएमभिपी च्याप्टरको उपाध्यक्षमा समिता राई, महासचिवमा हर्क राई र कोषाध्यक्षमा सरिता राई रहेका छन् भने सदस्यहरुमा जेनिला राई, प्रिति राई, सन्तोषी राई, प्रितम राई र रणवीर राई छन् ।  साथै सचिव पदका लागि नयाँकार्यसमितिले निर्णय गरेर पछि मनोनित गरिने बताएको छ ।

त्यस्तै डिएमभिपी च्याप्टरको कार्यसमिति बैठकले प्रमुख सल्लाहकारमा  मिलन राई र केन्द्रीय प्रतिनिधि तथा बोर्ड अफ डाइरेक्टरमा कुसुम राइलाई  च्याप्टरको बैठकले चयन गरिएको  च्याप्टरका अध्यक्ष प्रकाश राईले बताएका छन् ।

सोहि अवसरमा नबनिर्वाचित पदाधिकारीहरुलाइ रामचन्द्र राईले खादा लगाइदिएर कार्यकाल सफलताको कामना गरेका थिए ।

त्यस्तै डिएमभिपीको केन्द्रीय प्रतिनिधि तथा बोर्ड अफ डाइरेक्टरमा कुसुम राइलाई चयन गरिएको छ भने मिलन राईलाई प्रमुख सल्लाहकारको रुपमा चयन गरिएको बताइएको छ ।

युक्राका पूर्वअध्यक्ष  तथा हालका सल्लाहकार तथा एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष  मिलन राईको प्रमुख आतिथ्यतामा  सम्पन्न  कार्यक्रमको  सुरुवातमा  पारुहाङ सुम्निहा तथा यलम्बरको  तस्बिरमा फूल चढाइएको थियो ।

अमेरिकीको थ्याङ्स गिभिङ् चाडको दिन आयोजना गरिएको उक्त, शुभकामना आदान–प्रदानमा सहभागीहरुले दुवै चाडको महत्व वारे चर्चा गरिएको थियो भने दोश्रोचरणमा भएको छलफलले वासिङटन डिसि, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया (डिएमभिपि)च्याप्टरको पुनः गठन गरेको हो ।

त्यसैगरी कार्यक्रममा नेपालबाट सहभागी  पाहुना र डिएमभिपि क्षेत्रमा बसाई सरि आउने नयाँ आगन्तुकहरुलाई स्वागत सम्मान गरिएको थियो ।  साथै कार्यक्रममको बिच बिचमा एकाआपसमा शाकेला तथा अन्य नाचगान र मनोरन्जन समेत गरिएको थियो ।

 

 

वि.सं.२०७५ मंसिर ८ शनिवार ११:१५ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...