
किराँत राई अर्गनाइजेशन अफ अमेरिकाले प्रकाश राईको नेतृत्वमा डिएमभिपी ( DMVP) च्याप्टरको गठन गरेको छ ।
नोभेम्बर २२ का दिन युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) डिएमभिपि मेरिल्याण्ड च्याप्टरले रकभिलमा आयोजना गरेको छिरिनाम शाकेला (उधौली) ५०७८ को शुभकामना आदनप्रदान तथा नयाँ कार्यसमितिको चयन गरिएको हो ।
राईको अध्यक्षतामा गठन गरिएको उक्त डिएमभिपी च्याप्टरको उपाध्यक्षमा समिता राई, महासचिवमा हर्क राई र कोषाध्यक्षमा सरिता राई रहेका छन् भने सदस्यहरुमा जेनिला राई, प्रिति राई, सन्तोषी राई, प्रितम राई र रणवीर राई छन् । साथै सचिव पदका लागि नयाँकार्यसमितिले निर्णय गरेर पछि मनोनित गरिने बताएको छ ।
त्यस्तै डिएमभिपी च्याप्टरको कार्यसमिति बैठकले प्रमुख सल्लाहकारमा मिलन राई र केन्द्रीय प्रतिनिधि तथा बोर्ड अफ डाइरेक्टरमा कुसुम राइलाई च्याप्टरको बैठकले चयन गरिएको च्याप्टरका अध्यक्ष प्रकाश राईले बताएका छन् ।
सोहि अवसरमा नबनिर्वाचित पदाधिकारीहरुलाइ रामचन्द्र राईले खादा लगाइदिएर कार्यकाल सफलताको कामना गरेका थिए ।
त्यस्तै डिएमभिपीको केन्द्रीय प्रतिनिधि तथा बोर्ड अफ डाइरेक्टरमा कुसुम राइलाई चयन गरिएको छ भने मिलन राईलाई प्रमुख सल्लाहकारको रुपमा चयन गरिएको बताइएको छ ।
युक्राका पूर्वअध्यक्ष तथा हालका सल्लाहकार तथा एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष मिलन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सुरुवातमा पारुहाङ सुम्निहा तथा यलम्बरको तस्बिरमा फूल चढाइएको थियो ।
अमेरिकीको थ्याङ्स गिभिङ् चाडको दिन आयोजना गरिएको उक्त, शुभकामना आदान–प्रदानमा सहभागीहरुले दुवै चाडको महत्व वारे चर्चा गरिएको थियो भने दोश्रोचरणमा भएको छलफलले वासिङटन डिसि, मेरिल्याण्ड, भर्जिनिया र पेन्सिलभेनिया (डिएमभिपि)च्याप्टरको पुनः गठन गरेको हो ।
त्यसैगरी कार्यक्रममा नेपालबाट सहभागी पाहुना र डिएमभिपि क्षेत्रमा बसाई सरि आउने नयाँ आगन्तुकहरुलाई स्वागत सम्मान गरिएको थियो । साथै कार्यक्रममको बिच बिचमा एकाआपसमा शाकेला तथा अन्य नाचगान र मनोरन्जन समेत गरिएको थियो ।
वि.सं.२०७५ मंसिर ८ शनिवार ११:१५ मा प्रकाशित