back
CTIZAN AD

खटाएको ठाउँमा नजानेलाई कडा कार्वाही हुन्छ : मन्त्री पण्डित

वि.सं.२०७५ मंसिर ८ शनिवार

681 

shares

८ मंसीर, भद्रपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई अब जारी हुने कर्मचारी समायोजन अध्यादेशमा कडा कार्वाहीको गरिएको बताएका छन् ।

झापाको भद्रपुरमा शुक्रबार जिल्ला समन्वय समितिले आयोजना गरेको ‘स्थानीय सरकारका उपलब्धि र चुनौती’ विषयक कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया गर्दै मन्त्री पण्डितले खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई घर फर्किने बाटो खुल्ला गर्ने गरी कर्मचारी समायोजन अध्यादेश ल्याउन लागिएको छ भने । उनले गणतन्त्रमा कर्मचारीले झनै जनताको सेवामा समर्पित भएर कार्यसम्पादन गर्नुपर्ने बताए ।

उनले चेकमा हस्ताक्षर गर्न पाएनौँ भनेर गुनासो गर्ने नगरपालिका र गाउँपालिकाका उपप्रमुख तथा वडाध्यक्षलाई पहिलेकै सिंहदरबारले जस्तो शासक बन्ने र मनलाग्दी गर्ने छुट कसैलाई नहुने भएकाले चेकमा हस्ताक्षर गर्ने रहर नगर्न सम्झाए । मन्त्री पण्डितले जिल्ला समन्वय समितिको कोष फुकुवा गर्ने विषयमा सरकारले छिट्टै निर्णय गर्नेसमेत जानकारी दिए ।

वि.सं.२०७५ मंसिर ८ शनिवार १०:२५ मा प्रकाशित

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...