back
CTIZAN AD

 मुलुकमा डेढ करोड क्विन्टल खाद्यान्न अपुग

वि.सं.२०७५ मंसिर ९ आइतवार

711 

shares

९ मंसीर, काठमाडौं । सरकारले कृषि उत्पादन वृद्धि गरेर खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा करिब डेढ करोड क्विन्टल खाद्यान्न अपुग देखिएको छ । धान, मकै गहुँ, कोदो लगायत प्रमुख खाद्यबालीको उत्पादन वृद्धि नहुँदा खाद्यान्न अपुग भएको आजको नागरिक दैनिकमा समाचार छ ।

कृषि तथा पशुपंछी मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार मुलुकमा करिब १६ लाख टन – एक करोड ६० लाख क्विन्टल) खाद्यान्न अपुग बढेको छ ।
आव ०७३÷७४ मा १५ लाख ५७ हजार तीन सय ५५ टन खाद्यान्न अपु भएकामा आव ०७४÷७५ मा खाद्यान्न घाटा १६ लाख टन पुगेको हो । दुई करोड ८८ लाख २५ हजार सात सय नौं जनसंख्याको लागि आधार मान्दा खाद्यान्न घाटा एकवर्षमा करिब ४५ हजार टनले बढेको छ ।
गत आवमा धान नौ लाख ८६ हजार तीनसय ९२ टन, मकै एक लाख ३५ हजार ६ सय ९४, गहुँ एक लाख तीन हजार ५७ मेट्रिक टन अभाव रहेको छ । यसैगरी कोदो, जौ, आलु, तरकारी फलफूल लगायतका बाली अपुग रहेको छ ।

वि.सं.२०७५ मंसिर ९ आइतवार ०७:४४ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...