back
CTIZAN AD

नयाँ मदिरा उद्योगलाई रोक

वि.सं.२०७५ मंसिर १८ मंगलवार

612 

shares

१८ मंसिर काठमाडौ । गृह मन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगित गरेको छ । मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो । गृह मन्त्रालयले आदेश पास गराउन केहि दिन अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ ।

मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश , २०७५ नाम दिइएको सो आदेश अनुसार ५० प्रतिशत पुर्वाधार तयार गरिसकेका मदिरा उद्योगले पनि अनुमति पाउनेछैनन् । नयाँ मदिरा उद्योगको अनुमति तथा दर्ता गर्ने कार्य हाललाई स्थगित गरिनेछ ,इजाजत प्राप्त गरी ६० प्रतिशत भन्दा बढी लगानी र तयारी पुरा गरेका बाहेकका सन्चालनमा आउन बाँकी मदिरा उद्योगलाई उद्योग सन्चालन अनुमति अर्काे व्यवस्था नहुन्जेलका लागि रोक्का गरिनेछ,आदेशमा उल्लेख छ ।

त्यस्तै सन्चालनमा रहेका उद्योगको शाखा विस्तार र क्षमता अभिवुद्धिमा पनि रोक लगाइएको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्बाट पास हुनासाथ आदेश तुरुन्तै लागु हुनेछ । गाउँ सहरमा अव्यवस्थिततरिकाले मदिरा किनबेच हुने गरेको र मदिरा पिएकै कारण अपराध समेत बढेको कार्यदेश नै बनाएर व्यवस्थित गर्न लागेको मन्त्रालयले जनाएको छ । आजको नागरिक दैनिक समाचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर १८ मंगलवार ०८:३८ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...