back
CTIZAN AD

माछा मार्न जाँदा वेपत्ता भएका मुखिया फेला परेनन्

वि.सं.२०७५ मंसिर १८ मंगलवार

723 

shares

१ मंसिर, सप्तरी । माछा मार्न जाँदा सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका २२ वर्षीय रामबाबु मुखिया आइतबारदेखि बेपत्ता भएका छन् ।

डाक्नेश्वरी–३ स्थित पातो–हटेलका बीचमा रहेको खड्ग नदीमा बनेको पुलको साइफनमा जमेको पानीमा डुबेर बेपत्ता भएका मुखिया अझै फेला परेका छैनन् । साइकलमा धान बोकी बेच्नका लागि पातो बजारतर्फ गइरहेका रामबाबु पुलमुनि जमेको पानीमा माछा देखेपछि साइकल रोकी माछा मार्न पानीभित्र प्रवेश गर्दा बेपत्ता भएको उहाँसँगै गएका साथी राजलाल मुखियाले बताए ।

सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सोमबार दिनभरि खोजीको प्रयास गरे पनि साइफनभित्र प्रवेश गर्न सकेन । पुलमुनि १६ वटा पिलरमा घुमाउरो प्रकारले बनेको साइफन करीब डेढ सय मिटर लामो र तीन मिटर गहिरो भएकाले खोजी कठिन भएको नगरपालिकाका प्रमुख शिवनारायण साहले बताए ।

काठमाडौँबाट गोताखोर मगाइएको जानकारी दिँँदै सशस्त्र प्रहरी बल राजविराज गणका प्रहरी उपरीक्षक खेम थापाले मङ्गलबार बिहान गोताखोर आइपुगेपछि पुनः खोजी गरिने बताए ।

वि.सं.२०७५ मंसिर १८ मंगलवार ०८:४९ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...