२८ मंसिर काठमाडौ । सडकलगायतका पुर्वाधार विकास गर्न भारतीय एक्जिम बैंकबाट लिने गरिएको ऋणमा अनेक सर्त राखिएका कारण त्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ ।
सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५५० मिलिवन अमेरीको डलर अझै खर्च हुन सकेको छैन । त्यसअघि सन् २०११ म दुई देशबीचको सम्झौताअनुसारको २५० मिलियन डलर ऋण पनि करिब ७० प्रतिशत मात्र खर्च हुन सकेको छ ।
सन् २०१४ मा अर्थ मन्त्रालयले एक्जिमसँग गरेको ५५० मिलियन डलरको ऋण सम्झौतामध्ये ३३० मिलियन डलरबाट देशमा विभिन्न सडकका १७ वटा खण्ड बनाउने योजना छ । तर, बैंकका अनेक सर्तका कारण चार वर्षसम्म त्यो रकम खर्च हुन सकिरहेको छैन । एक्जिम बैंक भारतको आयातनिर्यात बढाउने उद्देश्यले गठन गरिएको हो । पुँजी अभाव हुन थालेपछि नेपालले त्यो बैंकसँग ऋण लिन थालेको हो ।त्यो बाहेक नेपालले विश्व बैंक,एसियाली विकास बैंक, जाइकालगायतका संस्थासँग पनि ऋण लिन्छ । आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ मंसिर २८ शुक्रवार ०८:४७ मा प्रकाशित






























