back

नेपालमा सय दरका भारतीय नोटमात्र चल्ने

वि.सं.२०७५ मंसिर २८ शुक्रवार

408 

shares
IME Limited
NTC AD

२८ मंसिर कठमाडौ । सरकारले २ सय, ५ सय र २ हजार दरका भारतीय नोट प्रयोगमा नल्याउन सर्वसाधारणलाई आग्रह गरेको छ ।भारत सरकारले नेपालमा एक सय दरका नोट मात्रै प्रचलनमा ल्याउन अनुमति दिएकाले २ सय , ५ सय र २ हजार दरका भारतीय नोटलाई नेपालमा प्रचलनमा नल्याउन नेपाल सरकारले आफ्ना नागरिकलाई आग्रह गरेको हो ।

सन्चारमन्त्री गोकुल बाँस्कोटाले २ सय, ५ सय र २ हजार दरका भारतीय नोट प्रयोगमा नल्याउने निर्णय सरकारले गरेको जानकारी बिहीबार दिएका हुन् । मन्त्रीपरिषद्ले सोमबार गरेका निर्णयहरु सार्वजानिक गर्दै उनले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको प्रयोग रोक्नु सरकारको दायित्व र कर्तव्य दुबै भएको बताए । उनले यसबारे तत्काल सार्वजानिक सुचना गरी सर्वसाधाराणलगायत सबैलाई सुसुचित गरिने बताए ।

हिजो भारत सरकारले नै जारी गरेका नोट चलाएका थियौँ तर नोटबन्दी लगाएपछि उसले नेपालमा चलिआएका कतिपय नोट साटिदिएन, हामीले त्यहीँबाट ल्याएको नोट पनि नसाटिएपछि सचेत हुन पर्ने अवस्था आएको हो,जनतालाई सचेत गराउनु सरकारको दायित्व हो,सन्चारमन्त्री बाँसकोटाले भने । आजको नागरिक दैनिक समाचारमा छ ।

वि.सं.२०७५ मंसिर २८ शुक्रवार ०८:४८ मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...