
१ पुस, मोरङ । छिमेकी वडा खुला दिसा मुक्त भइसके । कटहरी गाउँपालिकाका तीनवटा वडामा भने समस्या ज्युँका त्युँ रह्यो । वडा नं २, ३ र ४ का कारण गाउँपालिका खुला दिशामुक्त बन्नबाट बञ्चित भयो ।
गाउँपालिकाले उपाय रच्न थाल्यो । पहिले खुला ठाउँमा शौच गर्न जाने पहिचान गर्ने अनि सम्मानसाथ सम्झाउने । छलफल गर्दै जाँदा ड्रोन क्यामेराको प्रयोग समेत गरेर पहिचान गर्ने निधो भयो ।
जिल्ला प्रहरी कार्यालय मोरङले साथ दिने भयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार बिहान दुई घण्टा कटहरीको जुडीखोला किनारमा दिसा गर्न आउनेलाई ड्रोन क्यामेराले निगरानी गरे । क्यामरा उडेको देखेपछि विहान खोला किनार सौच गर्न पुगेकाबीच भागाभाग भएको कटहरी ४ का वडा अध्यक्ष मन्टुन सेखले बताए । आजको कान्तिपुर दैनिकबाट
वि.सं.२०७५ पुस १ आइतवार ०७:५९ मा प्रकाशित