Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

महाभियोग प्रस्तावलाई बिना हिच्किचाहट पारित गर्न महासंघको माग



९ कार्तिक, काठमाडौँ । आदिवासी/जनजाति राष्ट्रिय महासंघ, नेपालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरूद्ध व्यवस्थापिका–संसदमा केही दिनअघि महाभियोग प्रस्तावलाई बिना कुनै हिच्किचाहट अविलम्ब पारित गर्न माग गरेको छ । आदिवासी÷जनजाति राष्ट्रिय महासंघ नेपालका महाधिवेशन आयोजक समिति महासचिव सुरेश आले मगरद्वारा जारी विज्ञप्तीमा कार्की विरुद्धको महाभियोगको प्रस्तावलाई अबिलम्ब पारित गर्न माग गरिएको छ ।  विज्ञप्तीमा यसलाई शासकहरुले विगतमा गरेको गल्ती सच्याउने अवसर पनि भएको उल्लेख छ ।
प्रमुख आयुक्त कार्कीले जुन मनोमानीपूर्ण एवं प्रतिशोधपूर्ण तरिकाले र सर्वत्र आतंक मच्चाउँदै निर्दोष व्यक्तिहरूमाथि पनि कार्वाहीको डण्डा बर्षाएको र पछिल्लो समयमा अदालतको पनि अवज्ञा गर्ने कार्यहरू दण्डनीय भएको पनि जनाइएको छ ।
विज्ञप्तीमा लोकसेवा आयोग पनि उत्तीर्ण नगरिकन निजामति सेवा प्रवेश गरी मुख्य सचिवजस्तो सर्वोच्च ओहोदामा समेत पुगेको, २०६२/६३ सालको जनआन्दोलनमा दमनकारी भूमिका खेलेका र रायमाझी आयोगले दोषी ठह¥याएका व्यक्तिलाई तत्कालीन शासकहरूले आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्नु गल्ति भएको भन्दै महाभियोगको प्रस्तावलाई पारित गराउनु भनेको विगतको गल्ति सच्याउने अवसर पनि भएको जनाइएको छ ।


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.