back
CTIZAN AD

महाभियोग प्रस्तावलाई बिना हिच्किचाहट पारित गर्न महासंघको माग

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1.2K 

shares

९ कार्तिक, काठमाडौँ । आदिवासी/जनजाति राष्ट्रिय महासंघ, नेपालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरूद्ध व्यवस्थापिका–संसदमा केही दिनअघि महाभियोग प्रस्तावलाई बिना कुनै हिच्किचाहट अविलम्ब पारित गर्न माग गरेको छ । आदिवासी÷जनजाति राष्ट्रिय महासंघ नेपालका महाधिवेशन आयोजक समिति महासचिव सुरेश आले मगरद्वारा जारी विज्ञप्तीमा कार्की विरुद्धको महाभियोगको प्रस्तावलाई अबिलम्ब पारित गर्न माग गरिएको छ ।  विज्ञप्तीमा यसलाई शासकहरुले विगतमा गरेको गल्ती सच्याउने अवसर पनि भएको उल्लेख छ ।
प्रमुख आयुक्त कार्कीले जुन मनोमानीपूर्ण एवं प्रतिशोधपूर्ण तरिकाले र सर्वत्र आतंक मच्चाउँदै निर्दोष व्यक्तिहरूमाथि पनि कार्वाहीको डण्डा बर्षाएको र पछिल्लो समयमा अदालतको पनि अवज्ञा गर्ने कार्यहरू दण्डनीय भएको पनि जनाइएको छ ।
विज्ञप्तीमा लोकसेवा आयोग पनि उत्तीर्ण नगरिकन निजामति सेवा प्रवेश गरी मुख्य सचिवजस्तो सर्वोच्च ओहोदामा समेत पुगेको, २०६२/६३ सालको जनआन्दोलनमा दमनकारी भूमिका खेलेका र रायमाझी आयोगले दोषी ठह¥याएका व्यक्तिलाई तत्कालीन शासकहरूले आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्नु गल्ति भएको भन्दै महाभियोगको प्रस्तावलाई पारित गराउनु भनेको विगतको गल्ति सच्याउने अवसर पनि भएको जनाइएको छ ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०३:३६ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...