back
CTIZAN AD

परिणाम आउने गरी काम गर्न सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1.4K 

shares

pm-direction-to-secretary

९ काठमाडौं, कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं, ललितपुर र भक्तपुरको विकास एवं प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक काम गर्न निर्देशन दिनुभएको छ ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भौतिक योजना तथा निर्माण, स्थानीय विकास, उर्जा, खानेपानी, अर्थ, गृह लगायतका मन्त्रालयका सचिव र सम्वद्ध अधिकारीहरुको संयुक्त बैठलाई निर्देशन दिँदै प्रधानमन्त्रीले एकीकृत र समन्वयात्मक रुपमा काम गरेर परिणाम निस्कने गरी काम गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी सबैले काम गरेका छौं । तर, हाम्रो काममा समन्वय छैन । खानेपानीले गरेको काम विद्युतलाई थाहा हुँदैन, भौतिक मन्त्रालयले गरेको काम स्थानीय विकासलाई थाहा हुँदैन । यसरी परिणाम निकाल्न सकिँदैन । तसर्थ, एकीकृत र समन्वयात्मक रुपमा काम गरेर परिणाम निकाल्नुस् ।’
बैठकमा प्रधानमन्त्रीले गैरकानुनी राज्यले कानुनी राज्य कमजोर बनाएको भन्दै त्यसलाई चिर्न नयाँ संकल्प जरुरी भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘म यसो विचार गर्छु, हामो कानुनी राज्यमाथि गैरकानुनी राज्यको दवाव छ, इमान्दारहरुमाथि तरबार झुण्डिएको महशुस हुन्छ । केही काम गर्न खोज्यो कि विभिन्न खालका अवरोध र दवाव आउँछ । तर, हामीले देशलाई केही दिने संकल्प गर्नैपर्छ । त्यसका लागि दृढ संकल्पका साथ कानुनी राज्य बलियो बनाउन लागौं । सरकार त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न तयार छ । हामीले देशलाई साक्षी राखेर केही परिणाम निकालौं ।’
बैठकमा प्रधानमन्त्रीले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डाखुल्डी नराख्न, विद्युत्, खानेपानी, सडक लगायतका पूर्वाधार निर्माणमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा अंगका अधिकारीहरु लगायतको उपस्थिति रहेको प्रधानमन्त्रीको निजी वेवसाइटमा प्रकाशित गरिएको छ ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०३:४७ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...